न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ। संगीत क्षेत्रमा पारदर्शिता ल्याउने उद्देश्यसहित युट्युबले एआईको प्रयोगबाट बनाइएका गीत पहिचान गर्न नयाँ लेबल प्रणालीको सुरुवात गरेको छ।
यस सुविधाले श्रोताहरूलाई आफूले सुनिरहेको गीत वास्तविक कलाकारको सिर्जना हो वा एआईद्वारा निर्मित हो भन्ने कुरा स्पष्ट रूपमा छुट्याउन मद्दत गर्नेछ।
कम्पनीका अनुसार, यो फिचर सुरुमा युट्युब म्युजिकमा उपलब्ध गराइनेछ। गीतको प्लेयर स्क्रिनमा गीत एआईबाट बनेको हो/होइन भन्ने बारे लेबल वा ट्याग देखिनेछ।
यदि गीतको संगीत, धुन वा गायकी एआई मोडलबाट तयार पारिएको छ भने यो लेबल अनिवार्य रूपमा लागू हुनेछ।
सुरुवातमा युट्युब म्युजिकमा मात्र सीमित रहेको यो सुविधा आगामी दिनमा मुख्य युट्युब एपमा पनि विस्तार गरिने कम्पनीले जनाएको छ।


