जापानलाई उछिन्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

सन्दर्भ इमेज

एचकेनेपाल डट कम –
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो प्रक्षेपणले विश्वको आर्थिक मानचित्रमा नयाँ बदलावको संकेत गरेको छ।

कोषका अनुसार सन् २०२७ सम्ममा भारतले जापानलाई पछि पार्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ।

प्रतिवेदनका अनुसार सन् २०२७ मा भारतको नाममात्र कुल गार्हस्थ्य उत्पादन करिब ४.५२ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। हाल ७ प्रतिशतको हाराहारीमा भइरहेको तीव्र आर्थिक वृद्धिदरका कारण भारत यो स्थानमा पुग्ने निश्चित जस्तै देखिएको छ।

यता, जापानी मुद्रा येनको अवमूल्यन, बढ्दो मुद्रास्फीति र श्रमशक्तिको अभावका कारण जापानको आर्थिक वृद्धिदर सुस्त देखिएको छ। हाल चौथो स्थानमा रहेको जापानको वृद्धिदर करिब ०.७ प्रतिशतमा सीमित छ।

यो परिवर्तनसँगै, विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा, चीन दोस्रो स्थानमा र जर्मनी तेस्रो स्थानमा कायमै रहनेछन्। भारतको यो बढ्दो आर्थिक प्रभावले विश्व बजारमा नयाँ शक्ति केन्द्रको उदय भइरहेको स्पष्ट पार्छ।





Comments

comments

141514