Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नइ दम्पतीलाई भारती खरेल पुरस्कार

न्युज डेस्क / एचकेनेपाल डट कम –
काठमाडौं २४ भदौ। भक्तिमती भारती खरेल स्मृतिमा स्थापित २०७३ सालको साहित्य साधनाको क्षेत्रको भारती खरेल पुरस्कार साहित्यकार श्री नरेन्द्रराज प्रसाई तथा श्रीमती इन्दिरा प्रसाईलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ।

ताम्रपत्रसहित यस पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको भारती खरेल स्मृति प्रतिष्ठानले जनाएको छ।

नेपाली भाषा साहित्यको विकास, विस्तार र सम्वर्धनका अतिरिक्त साहित्य सिर्जना, समीक्षा र सम्पादनका साथै नइ प्रकाशन र त्रिमूर्ति निकेतनको स्थापनाका साथै यसका माध्यमबाट देश,विदेशमा नेपाली भाषा साहित्यको प्रचार, प्रसार र स्तरोन्नतिमा पुर्याएको उल्लेखनीय योगदानको सम्मानार्थ प्रसाई दम्पतिलाई भारती खरेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

भारती खरेल प्रतिष्ठानका उपाध्यक्ष शैलेन्द्र साकारको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको प्रतिष्ठानका सदस्यसचिव प्रयागराज वाशिष्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

भारती खरेलको ७९ औं जयन्तीका अवसरमा आगामी मङ्सिर १६ गते यो पुरस्कार प्रदान गरिने छ।

भारती खरेल पुरस्कारबाट यसअघि सर्वश्री डायमन शमशेर, पं ज्योतिप्रसाद गौतम, केशवराज पिंडाली, गोपालनिधि तिवारी, माधुरी भट्टराई, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. केशवप्रसाद उपाध्याय, प्रा. जगन्नाथ त्रिपाठी, कृष्णप्रसाद पराजुली, प्रा. शिवगोपाल रिसाल र परशु प्रधान पुरस्कृत भइसकेका छन्।





Comments

comments

Leave a Reply

14172