श्रममन्त्री र आइएलओका कन्ट्री डाइरेक्टरबिच भेटवार्ता

–

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेटवार्ता गरेका छन्।

मंगलबार मन्त्रालयमा भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण, मर्यादित रोजगारी प्रबर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

सो क्रममा नेपालमा सञ्चालित श्रम तथा रोजगारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा समेत छलफल भएको थियो। रासस





Comments

comments

141964