धरानमा ग्राण्ड फेसन शो हुंदै…

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान । साँगीतिक तथा साँस्कृतिक फेसनको शहरको रुपमा परिचित धरानमा धेरैपछि ग्राण्ड फेसन शो हुने भएको छ। पूर्वी नेपालमा रहेको चर्चित तथा व्यवसायिक मोडलहरुको साथमा अगामी शुक्रबार ग्राण्ड फेसन सो हुन लागेको हो।

धरान १० स्थित सैनिक भवनमा हुन लागेको कार्यक्रममा १० जना मोडलहरुले विभिन्न ड्रेसमा स्टेजमा उत्रदै छन् । द मेरुज् सो नाम दिइएको फेसन सो साझ ५ बजेदेखि राति १० वजेसम्म चल्ने छ।

धरानमा पहिलो पटक मोडलिङ एजेन्जिसको रुपमा स्थापना भएको डिसी मोडल म्यानेज्मेन्टले फेसन पारखीहरुलाई यो मौका दिएको हो। मोडलहरु धराने ड्रेस डिजाइन मेरिना राईको डिजाइनमा सारी, कुर्ती,लेहेङ्गा लगायतका ड्रेसमा स्टेजमा देखा पर्ने छन् भने फेसनसगै पुरान गायक नवराम राईलगायतको सांगीतिक प्रस्तुती समेत रहने छ।

मेरुज कलेक्सनको प्रस्तुती रहेका फेसन सो मा नयाँ तथा पुराना मोडलहरुलाई समेत सहभागिता रहेको आयोजक डिसी मोडल म्यानेज्मेन्टका निर्देशक दिलिप रिनोहोङले जानकारी दिए। नेपालमै पहिलो पटक यु आकारको स्टेजमा मोडलहरुले प्रस्तुती दिने उनको भनाई छ।

धरानलाई फेसनको शहर भनिएपनि पछिल्लो समयमा यस्ता कार्यक्रमहरु नहुंदा नयाँ फेसन तथा डिजाइनको बारेका युवा पुस्ता जानकार नभएको कारण उनीहरुलाई नयाँ फेसन तथा डिजाइनको बारेमा जानकारी गराउन समेत यो कार्यक्रम गर्न लागेको निर्देशक रिनोहोङले वताए।

कार्यक्रमा गीत संगित र फेसनसंगै मुख्य आकर्षणको रुपमा नेपाली चलचित्रकी नायिका तथा मोडल मरिस्का पोख्रेल रहेको आयोजकले जनाएको छ । धरानका अनुप राउत कोरियोग्राफर रहेका फेसन सो मा नेपाली फेसन डिजाइनमा अग्रपंक्तिमा रहेको डिजाइनर उत्तम बनेपालीलाई सम्मान समेत गरिने भएको छ।

तस्वीरहरुः
सन्तोष काफ्ले / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

14216