Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली घर कोलोराडोद्वारा ७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरि सम्मान

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। १० सेक्टेम्बर । कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरले १२ कक्षा पास गरि कलेज जाने जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप शनिबार एक भब्य समारोहबीच ७ जनालाई छात्रवृत्ति प्रदान गरि सम्मान गरिएको छ।

नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितिले प्राप्त निवेदनहरु मध्येबाट यस बर्ष उत्कृष्ट ७ जनालाई छात्रबृति दिने निर्यण गरेको हो । यसरी छात्रवृत्तिद्धारा पुरस्कृत हुनेहरुमा आबृती श्रेष्ठ, निकीता बराल, कुशलता सुवेदी, रजत श्रेष्ठ, रक्षा श्रेष्ठ , राशिब बस्नेत, सलिना राना रहेका छन्।

यी सात मध्ये आबृती श्रेष्ठ, निकीता बराललाई एक – एक हजार डलर नगद ट्रफी, प्रमाण पत्र, र खादा र अन्य पांच जनालाई पांच–पांच सय डलर नगद, ट्रफी, प्रमाण पत्र, र खादा पहिर्याई कार्यक्रममा उपस्थित अतिथिहरुले सम्मान गरे।

सम्मानित छात्र छात्राहरुलाई नेपाली घरका सल्लाहकारद्वय पुरुषोत्तम पाण्डे, डा. बिष्णुबहादुर श्रेष्ठ, नेपाली घरका अध्यक्ष योगराज गौतम, अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, नेपाली घरका बिशेष समितिका संयोजक डा. सुदिप प्याकुरेल, पूर्व अध्यक्ष नारायण श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्य, एनआरएनका अध्यक्ष बासुदेब खनाल, ग्लोवल भुटनिज कमिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, तमुधि कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, बिआटी नेपाल डटकमका शैलेस पोख्रेल, अन्तर्राष्ट्रिय कलाकार मन्चका अध्यक्ष साबु गदाल, यूस नेपाली न्यूजका बिकल पराजुली, लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ लगायतका अतिथीहरुले नगद, ट्रफी, प्रमाण पत्र, र खादा पहिर्याएर सम्मान गरेका हुन्।

नेपाली घर कोलोराडोद्वारा ७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरि सम्मान। फोटोः नातिबाबु भट्ट / एचकेनेपाल डट कम

Posted by HKNepal.com on Saturday, 10 September 2016

नेपाली घरका सल्लाहकारद्वय पुरुषोत्तम पाण्डे, डा. बिष्णुबहादुर श्रेष्ठबाट धुप बालेर सुभारम्भ गरिएको कार्यक्रममा नेपालको राष्ट्रियगान र अमेरीकाको राष्ट्रिय गान गाईएको थियो। सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सल्लाहकारद्धय पुरुषोत्तम पाण्डे, डा. बिष्णुबहादुर श्रेष्ठ, राप्रपा नेपालका केन्द्रिय सदस्य हिक्मत ढकाल, बिशेष समितीका संयोजक डा. सुदिप प्याकुरेल लगायतका बक्ताले सम्मानित छात्र छात्राको उज्ज्वल भबिष्यको कामना गरेका थिए।

संस्थाका अध्यक्ष योगराज गौतमको सभापतित्वमा, डेनभरस्थित याक एण्ड यति रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा पूर्ब अध्यक्ष नारायण श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको संचालन छात्रवृत्ति छनौट समितिका संयोजक प्रमोद श्रेष्ठले गरेका थिए। त्यसैगरि नेपाली घरका महासचिव लक्ष्यमण रानाले कार्यक्रमको उद्धेश्य प्रष्ट्याएका थिए । आईटि अफिसर तथा छनौट समितिका सदस्य निर्मल श्रेष्ठले कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सहयोय गर्ने दाताहरुको नाम सार्वजानिक गरेका थिए भने कोषाध्यक्ष जगदिश ढकालले कार्यक्रमक सञ्चालन गर्न कोषको रकम खर्च नभएको बताएका थिए।

सम्मानित छात्र छात्राहरुबाट छनौट समितिले विशेष प्रावधान तोकेर निवेदन आह्वान गरेको थियो । जसमा यसै बर्ष १२ पास गरेको, कोलोराडोमा बसोवास गरेको, समुदायमा सामाजिक कृयाकलापमा भाग लिएको , फुल टाईम कलेज पढ्ने प्लान गरेको , थोरैमा ७५ प्रतिशत वा ३.० जिपीए भएको , कलेजले भर्नाको लागि छनौट गरेर पठाएको लिखित पत्र समावेश गर्नु पर्ने जस्ता प्रावधानहरु रहेका थिए । यसको साथै समितिले निवेदकहरुलाई ८ सय शब्द सम्मको निवन्ध लेखि समावेश गर्नु पर्ने सर्त राखेको थियो।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै अध्यक्ष गौतमले नेपाली घरले अमेरीकी कल्चरमा हुर्कदै गरेका भावी पुस्तामा नेपाली संस्कृतिको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदायतर्फ आकर्षित गराउन यस्ता कार्यक्रम ल्याईएको बताए । यहाँ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हदसम्म बालबालिका र तिनीहरुको परिवारलाई नेपाली समुदायतर्फ आकर्षित गराउने धारण राखे।

नेपालीहरुको भेषभूषा, भाषा संस्कृति, रितिस्थिति, चालचलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ कृयासिल यस संस्थाले आफ्नो संस्कृित संरक्षणको लागि बेला बेलामा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

फोटोः नातिबाबु भट्ट / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

14214