Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तिहारको अन्तिम दिन आज भाइटीका, ११:५२ बजे टीकाको उत्तम साइत

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १६ कार्तिक। यम पञ्चक अन्तर्गत तिहारको अन्तिम दिन मंगलवार घर घरमा भाइटीका मनाईदैछ। भाइटीकाको शुभसाइत बिहान ११ बजेर ५२ मिनेटमा टीका लगाउन उत्तम रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ।

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि तथा दीर्घायुको कामनासहित निधारमा सप्तरङ्गी टीका, सयपत्री र गोदावरीको माला लगाई दिइ सगुन, मिठाइ, फलफूल, ओखर, कटुसका साथै सेलरोटी दिने चलन छ। दिदीबहिनीले टिका लगाई दिएपछि दाजुभाइले गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गरिन्छ। दिदीबहिनीले टीका लगाइदिंदा बिधी अनुसार मण्डप बनाई अष्टचिरिञ्जीविको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलिने दुबो, मखमली र सयपत्री फूलको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्छन्।

सत्ययुगमा आजको दिन बहिनी यमूनाले दाजु यमराजलाई निम्ता गरी पूजाआजाका साथ विभिन्न प्रकारको खानेकुरा ख्वाएको भन्ने किवंदन्ती छ। किवंदन्तीका अनुसार यमूनाको आतिथ्यबाट खुशी भै यमूनाको इच्छा अनुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाईले परस्परमा पूजाआजा गरी इच्छासिद्धी गर्न पाउन् भने यमराजले बरदान दिएको बताइन्छ। त्यसै बेलादेखि कार्तिक शुक्ल द्धितीयका दिन भाइटीका मनाईने परम्परा बस्दै आएको बताईन्छ।





Comments

comments

Leave a Reply

14824