Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा प्रिमियर गर्न लागेको चलचित्र ‘द स्पोन्सर’ रोकियो…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ नोभेम्बर। हङकङमा नोभेम्बर २६ तारिख शनिवार साँझ गरिन लागेको नेपाली चलचित्र द स्पोन्सरको प्रिमियर शो स्थगित भएको छ।

हङकङमा प्रिमियरको लागि पूर्ण तयारी भैसकेको अवस्थामा अचानक स्थगित भएको निर्माण पक्षले जनाएको छ।

हङकङको सेंसर बोर्डबाट प्रदर्शन अनुमति पत्र पाउनको लागि प्रक्रिया लम्बिन गएकोले निर्धारित मितिमा प्रदर्शन हुन नसकेको पत्रकार किसन राईले एचकेनेपाल डट कमलाई बताए।

सोही प्रक्रियामा लागिरहेका राईले फेब्रुवरी २६ तारिख सोही स्थान र समयमा चलचित्रको प्रिमियर हुने बताए।

प्रणय लिम्बूको लेखन / निर्देशनमा र आरबीए फिल्म्सका रुद्र गुरुङको निर्माणमा बनेको द स्पोन्सर पूर्वी नेपालको सप्तकोसी नदीको किनारमा बस्ने ८ वर्षीया टुहुरी कौशिकीको कथा हो।

निर्माता रुद्र गुरुङले द स्पोन्सर राम्रो बनेकोले सबैलाई हेर्न आग्रह गरेका छन्।

यसअघि पनि गुरुङद्वारा निर्देशित चलचित्र द नेक्लेस (सिमाला) हङकङमा प्रदर्शन भइसकेको छ।





Comments

comments

Leave a Reply

15151