Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नइ जोडीलाई भारती खरेल पुरस्कार…

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं १६ मङ्सिर। भारती खरेल प्रतिष्ठानले विहीबार काठमाडौंमा एक भब्य समारोहबीच भारती खरेलको ७९ औं जयन्ती मनाइएको छ।

समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी तथा भारती खरेल प्रतिष्ठानका संरक्षक चन्द्रिकानन्द खरेलद्वारा २०७३ सालको साहित्य साधना क्षेत्रको भारती खरेल पुरस्कार साहित्यकार नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईलाई संयुक्त रुपमा प्रदान गरिएको छ। ताम्रपत्र सहित सो पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ।

नेपाली भाषा साहित्यको विकास, विस्तार र सम्वर्धनका अतिरिक्त साहित्य सिर्जना, समीक्षा र सम्पादनका साथै नइ प्रकाशन र त्रिमूर्ति निकेतनको स्थापना र यसका माध्यमबाट देश, विदेशमा नेपाली भाषा साहित्यको प्रचार, प्रसार र स्तरोन्नतिमा पुर्याएको उल्लेखनीय योगदानको सम्मानार्थ प्रसाई दम्पतिलाई भारती खरेल पुरस्कार प्रदान गरिएको हो।

भारती खरेल स्मृति प्रतिष्ठानका उपाध्यक्ष शैलेन्द्र साकारको अध्यक्षतामा सम्पन्न समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी, पुरस्कृत व्यक्तित्वमध्ये इन्दिरा प्रसाई, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.सनतकुमार वस्ती र सदस्यसचिव प्रयागराज वाशिष्ठले मन्तव्य प्रकट गर्नुभएको थियो।

साहित्य साधना क्षेत्रको भारती खरेल पुरस्कारबाट यसअघि डायमनशमशेर राणा, पं.ज्योतिप्रसाद गौतम, केशवराज पिंडाली, गोपालनिधि तिवारी, माधुरी भट्टराई, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.केशवप्रसाद उपाध्याय, प्रा.जगन्नाथ त्रिपाठी, कृष्णप्रसाद पराजुली, प्रा.शिवगोपाल रिसाल र परशु प्रधान पुरस्कृत भइसकेका छन्।

पूर्वप्रशासक चन्द्रिकानन्द खरेलको संरक्षकत्वमा लोकप्रिय गायक दीपक खरेल र समाजसेवी शीला खरेलबाट २०४९ सालमा भारती खरेल प्रतिष्ठानको स्थापना भएको भारती खरेल स्मृति प्रतिष्ठानका सदस्यसचिव प्रयागराज वाशिष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।





Comments

comments

Leave a Reply

15265