Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा भएको ५ किमी दौडमा नेपालकी सुनमाया बुढा भईन् दोश्रो…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ डिसेम्बर। हङकङमा शुक्रवार सम्पन्न एसियान स्काईरनिङ च्याम्पियनशिपमा नेपालकी सुनमाया बुढा दोश्रो भएकी छन्।

जुम्लाकी सुनमाया बुढाले एम्सिग लान्ताउ पाँच किमी भर्टिकल ट्रेल रनिङ तथा हाइकिङ प्रतियोगिताको दूरी ४८ मिनेट ०५ सेकेण्डमा पूरा गरेर दोश्रो भएकी हुन्।

प्रतियोगितामा नयाँ कीर्तिमानका साथ जापानकी योशिजुमी युरी प्रथम भईन्। उनले सो दूरी ४५ मिनेट ५९ सेकेण्डमा पूरा गरिन्।

गत साल सोही प्रतियोगितामा ५१ मिनेट ५० सेकेन्डमा दूरी पूरा गरेर नेपालकी विष्णुमाया बुढा प्रथम भएकी थिइन्।

तोङ्ग फुक बिच लान्ताउबाट शुरु भएको ट्रेल रनिङ तान्ताउ पिकमा पुगेर समापन भएको थियो।

फोटो सौजन्यः नबिन सुनुवार





Comments

comments

Leave a Reply

15274