अफिन गण्डकी धौलागिरीको अध्यक्षमा अशोक पालिखे

गिता राना / एचकेनेपाल डट कम –
पोखरा, २ असोज। निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन एशोसियसन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्युसन, नेपाल (अफिन) गण्डकी र धौलागिरीको अध्यक्षमा अशोक पालिखे चयन भएका छन्। गण्डकी र धौलागिरी अञ्चलमा आवद्ध निजी अस्पतालहरुको पोखरामा सम्पन्न भेलाले फिस्टेल अस्पताल पोखराका सञ्चालक पालिखेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ।

समितिको उपाध्यक्ष चरक मेमोरियल हस्पिटलका डा. ऋषिराम ढकाल, सचिवमा पद्म नसिंङ्ग होम प्रा. लि.नरेन्द्र वास्तोला, कोषाध्यक्ष विजी हस्पिटलका डा. पुजन शर्मा लामिछाने चयन भएका छन। त्यसै गरि सदस्यहरुमा साहारा हस्पिटलका डा. गिरिधारी शर्मा, नमस्ते हस्पिटलका डा. मन वहादुर गुरुङ्ग, मणिपाल शिक्षण हस्पिटलका विरेन्द्र यादव र नेशनल एपोलो हस्पिटल तनहुँका चुडामणी दाहाल रहेका छन्।

भेलाले सल्लाहकार सिमितिमा समेत चयन गरेको छ। सल्लाहकारमा अफिनका केन्द्रिय उपाध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रिय संयोजक डा पद्म वहादुर खड्का र नेपाल मेडिकल एशोसियसन् गण्डकी धौलागिरी अञ्चल संयोजक डा. लुमेश्वर आचार्य रहेका छन् । कार्यसमिति तथा सल्लाहकार सिमितिका वाँकी पदहरुमा पछी मनोनित गरिने सचिब बास्तोले जानकारी दिए।





Comments

comments

1529