काँग्रेसबाट को को मन्त्री बन्ने?

काठमाडौं, २ असोज। प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री कोइरालाले विनाविभागीयसहित केही मन्त्री केही मन्त्री थप्ने र कांग्रेसका तर्फबाट मन्त्री रहेका केहीलाई विदाई गर्ने तयारी गरेका छन्।

साना दलका लागि छुट्याइएको मन्त्रालयमा प्रमुख सत्तासाझेदार कांग्रेस र एमालेले भागबन्डापछि मन्त्रिपरिषद् पनर्गठन गरिने प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीले मिनेन्द्र रिजाल र सहरी विकासमन्त्री डा. नारायण खड्कालाई विदाई गरेर कांग्रेस नेताहरु दिलेन्द्र प्रसाद बडु,आनन्दप्रसाद ढुंगाना, एज्ञबहादुर थापा र बालकृष्ण खाँणमध्येबाट मन्त्री बनाउने तयारी कोइरालाले गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ। तर बरिष्ठ नेता शेरबहादुर देउवाको आग्रहपछि शिक्षामन्त्री चित्रलेखा यादवलाई भने कायमै राखिने स्रोतको दावी छ।

लामो समयका लागि देशबाहिर रहने भएका कारण प्रधानमन्त्री कार्यालय हेर्नेगरी विनाविभागीयमन्त्री बनाउने र यस्तो अवस्थामा बडु विनाविभागीयमन्त्री हुने स्रोतको दाबी छ।

श्रमराज्यमन्त्री टेकबहादुर गुरुङलाई श्रममन्त्रीमा बढुवा गर्ने र राज्यमन्त्रीमा बद्री पाण्डे र मीन विश्वकर्मालाई ल्याउन सकिने स्रोतको दाबी छ। मन्त्रालयका विषयमा एमालेसँग कुरा मिलेपछि कसलाई के मन्त्रालय दिने भन्ने टुंगोमा पुगिने कांग्रेसनिकट स्रोत ले बतायो। प्रधानमन्त्रीका प्रेस सहयेगी प्रकाश अधिकारीले पनि प्रधानमन्त्री अमेरिका जानुअघि मन्त्रिपरिषद् पनर्गठन हुन सक्ने बताए।





Comments

comments

1517