नेता मालिक हैनन् बरु जनताको नोकर हुन्

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लण्डन। वि. पी. कोईराला जन्म शताब्दी दिवशको अवसरमा नेपाली कांग्रेसका नेता रविप्रकाशले नेता मालिक हैनन् बरु जनताको नोकर हुन् भन्दै जननायक बिपी कोइरालाको स्मरण गरेका छन्।

नेपाली जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष युवराज गुरुङद्वारा आयोजित कोईराला जन्म शताब्दी दिवशको अवसरमा बोल्ने क्रममा नेपाली कांग्रेसका नेता रविप्रकाशले उक्त मन्तव्य राखेका हुन्।

कार्यक्रमको सुरुवातमा नै “नेता मालिक हैनन् बरु जनताको नोकर हुन” वि. पि. कोईराला राष्ट्रिय नेता साथै साहित्यकारमा पनि विशिष्ट र मुलुकको निम्ति राष्ट्रियबादी नेता हुनुहुन्थ्यो। उनले भने- ‘हाल राजनीतिक नेताहरुले विचार र दर्शनलाई शव्दमा बोल्ने गर्छन र शब्दहरु मुलुकको खातिर भाषणमा प्रस्टाउने गर्छन् तर ब्यवहारिकताको बाटोमा उर्तान राजनीतिक नेताहरुले किन गर्न सकिरहेका छैनन्? त्यसैले होला आज देश प्रजातान्त्रिक समाजबादको एउटा मार्गचित्रमा हिड्दै गर्दा पनि आज अराजकतामा रहेका पार्टीहरु हामी के कम्युनिष्ट अथावा माओबादी हैनौ? हामी लोकतन्त्रवादी हौ! सर्वहाराको पार्टी हैनौ!’

हामी पुजीवादीतिर ढल्की सक्यौ केही कम्युनिष्ट भावनाका नेताहरुले बोलिरहदा नेता रविप्रकाशको प्रतिउतर देशमा सविधानसभाको चुनाव भएको ७ बर्ष बितिसक्दापनि मुलुकमा देशबासीहरुले संविधान पाउन सकेका छैनन आखिर किन? २०६४ सालको पहिलो सविधान सभाको चुनाबपछि राजनैतिक दल र नेताहरुले नेपाली जनतालाई लत्याईरहेका छन्। मुलुक आफैले नेतृत्व गरेर हिडिरहेको अवस्थामा हरेक राजनीतिक पार्टीहरु सरकारमा पुगिसक्दा पनि मुलकबासीहरुले सविधान पाउन सकिरहेका छैनन।

नेपाली काग्रेस र वि. पि. कोईरालाले देशमा रहेका धनि र गरिब वर्गलाई एउटै मालामा उन्ने र धनिलाई अझै धनिको रुपमा र गरिबलाई सम्पन्नशील बनाउने एउटा सोच प्रजातान्त्रिक समाजवादको थालनी कोईरालाले नै गर्नु भएका थियो। २००७ सालको इतिहासलाई हेर्ने हो भने राणाहरुको निरंकुश शासनलाई अन्त्य गरेर मुलुकको जनतालाई रैति र दाशबाट मुक्त गरेर देशको नागरिक तिनै नेपाली काग्रेस पार्टीले बनाएको थिए।

देशमा अहिले नेपाली काग्रेसको नेतृत्व छ र देशको नेतृत्व गरिरहेको छ। त्यसैले गर्दा आज मुलुकले सविधान पाउछन् भन्ने नेता रवि प्रकाशले बिश्वस्त गराए।

२००७ सालमा मात्र नेपाली काग्रेसले अमुल परिवर्तन गरेका थिएनन् नेपाली काग्रेसले २०४६ सालमा पंञ्चायती शासकहरुको शासनलाई पनि अन्त्य गरि देशमा फेरि प्रजातन्त्र ल्यायो। त्यस पश्चात २०६३ सालमा लोकतन्त्र र गणतन्त्रको स्थापना नेपाली काग्रेसले नै गर्‍यो। त्यति मात्र नभई जंगलमा लुकेर देशभरका जनतालाई त्रसित बनाउदै ठूला पार्टीहरुलाई चुनौती दिदै गृहयुद्धमा होमिएको माओवादी लडाकुहरुलाई जंगलमै वार्ता गरेर देशमा एउटा राजनीतिक पार्टीको रुपमा स्थापना र समाजभित्र जिउने मार्गदर्शन नेपाली काग्रेस पार्टीले नै गरेको थियो।

समग्रमा, एकै शब्दमा भन्ने हो भने नेपालका सबै राजनीतिक पार्टीहरुले बि. पि. कोईरालाको मार्गदर्शन पछ्याईरहने हो भने जनताले पाउनु पर्ने हकअधिकार, सुरक्षा र सविधान पाउने निश्चित छ।





Comments

comments

1534