गृह मन्त्रालयमा आईजीपी ढलेपछि…

नेपाल प्रहरीको सरुवा बढुवामा गृहमन्त्री विमलेन्द्र निधि र आईजीपी उपेन्द्रकान्त अर्यालबीच विवाद झन् चर्किएको छ। दुईजनाको विवादले सरुवा बढुवा रोकिंदा सयौं प्रहरीको करिअर भने अस्तव्यस्त बन्न पुगेको छ।

गत बिहीबार प्रहरी सरुवा बढुवाको विषयमा गृहमन्त्रालयलमा गृहमन्त्री निधि र आईजीपी अर्यालबीच दिनभर छलफल भयो । केही सम्झौता गरेर भएपनि सरुवा बढुवाको निर्णय गर्ने मुडमा आईजीपी अर्याल मन्त्रालय गएका थिए । तर, मन्त्रीको अडानका कारण कुनै सहमति हुन सकेन । ६ घन्टासम्म छलफल गर्दा पनि मन्त्री निधिले सरुवा तथा बढुवामा भ्रष्ट प्रहरीकै नाम लिएपछि अर्याल तनावमा परेका थिए । उनको ब्लडप्रेसर एक्कासी उच्च भयो । सोही कारण आईजीको उपचारका लागि मन्त्रालयमै चिकित्सक बोलाउनुपरेको थियो । हतार हतार प्रहरी अस्पतालबाट चिकित्सक बोलाइएको थियो । प्रेसर बढेर मन्त्रालयमै ढल्ने अवस्था आएपछि उनलाई आराम गराएर चिकित्सक बोलाइएको मन्त्रालयका एक अधिकारीले बताए।

….
….

त्यो दिन खासगरी मन्त्रीसंग डिआईजी बढुवामा विवाद भएको थियो । नेपाल प्रहरीमा लामो समयदेखि डिआईजीको एक पद रिक्त छ । जसमा आईजीपी एसएसपी गणेश केसीलाई बढुवा गर्न चाहेका छन् । सिनियरमध्ये उनी राम्रो छवि भएका प्रहरी अधिकारी हुन् । तर गृहमन्त्री निधिले जसरी पनि एसएसपी रमेश भट्टराईलाई डिआईजी बनाउनुपर्ने प्रस्ताव राखे । भट्टराई तिनै व्यक्ति हुन् जो दुई वर्षअघि आईजीपी छड्केमा जाँदा मदिरा सेवन गरी हराएका थिए । सोही प्रकरणमा उनी निलम्बनमा परेर नसिहत पाएका थिए । तर, कांग्रेस नेताहरुलाई आर्थिक प्रभावमा पारी जसरी पनि उनी डिआईजी हुने दाउमा लागेपछि विवाद बढेको हो । अबको ८ दिनभित्र बढुवाको निर्णय हुन नसकेमा उनीहरुले एसएसपीको ६ वर्षे पदावधिका कारण अनिवार्य अवकाश पाउनेछन् । पुस ५ गते केसीसहित लब बिष्ट, रमेश भट्टराई लगायतले अवकाश पाउनेछन् । सोही कारण डिआईजी बढुवामा ठूलो विवाद भएको बताइन्छ।

विवाद मिलाउन डिआईजीको एउटा विशेष पद सिर्जना गरेर दुवै जनालाई बढुवा दिनेबारे समेत छलफल अघि बढेको छ । गृहमन्त्री र आईजीपीबीच कुरा नमिल्दा एसएसपीको सरुवा पनि रोकिदै आएको छ । एसएसपीको बढुवामा पनि थप कनिष्ट र कार्यदक्षताशून्यलाई बढुवा गर्न लागिएको खबर दृष्टि साप्ताहिकले छापेको छ।





Comments

comments

Leave a Reply

15435