सहारा हङकङका अध्यक्ष गुरुङद्वारा एकेडेमीका वालकलाई सहयोग

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, सहारा हङकङका अध्यक्ष दिपक गुरुङका परिवारबाट सहारा एकेडेमीमा रहेका वालकहरुलाई ट्याकसुट सहयोग हस्तान्तरण गरेका छन्।

सहारा क्लवद्धारा संचालित तेश्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरुलाई अध्यक्ष गुरुङ, उनकी धर्मपत्नी भद्रकुमारी गुरुङबाट करीब ५५ हजार मूल्य बराबरको ट्याकसुट क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन््।

सोमबार एकेडेमीको अवलोकन गर्दै उनले कठिन तथा विपन्न बर्गका वालकहरुको पालनपोषण, खेलकुद र शिक्षामा क्लवले थालेको अभियानमा आफूले सानो सहयोग गरेको उनले जनाए। सहारा हङकङका सचिव खम गुरुङ (सरोज) ले समेत एकेडेमीको अवलोकन गरेका थिए।

सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित १५ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ आगामी माघ ४ गते बाट १५ गते सम्म पोखरा रंङ्गशालाको खेल मैदानमा आयोजना हुने भएको छ। सो प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित सहारा एकेडेमीमा खर्च गरिदै आएको अध्यक्ष आचार्यले बताए।

विगत तीन बर्षदेखि उनीहरुको निशुल्क शिक्षा दिक्षा,स्वास्थ्य लगायत फुटबल प्रशिक्षण क्लबद्धारा निर्मित सुविधा सम्पन्न आवासगृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ बाट संञ्चालन भै रहेको छ।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

15413