खिनमायालाई हङकङबाट १० लाख सहयोग, आमाले मृगौला दिने…

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरान। दुबै मृगौलाले काम गर्न छोडेपछि जीवन मरणको दोसाँधमा परेकी तेह्रथुमको फाक्चमारा गाविस–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुको उपचारको लागि उठाएको रु.१० लाख ६७ हजार ५१ सहयोग पीडितको परिवारलाई हस्तान्तरण गरिएको छ।

….
….

दुबै मृगौला काम गर्न छोडेपछि आर्थिक अवस्था कमजोर खिनमाया समस्यामा परेकी थिइन्। उनको समस्या बुझेर धरान–१६ सुम्निमाचोक घर भइ हाल काठमाडौमा बस्दै आएका गायक तथा समाजसेवी प्रदीप थापाको पहलमा खिनमायाका लागि तेह्रथुम हङकङ सम्पर्क मञ्चबाट नौ लाख त्रियासी हजार, छथरे समाज -धरान -१५ बाट २९ हजार एक सय छियानब्बे र युके, साउदी अरबलगायतबाट ५४ हजार आठसय पचपन्न आर्थिक संलकन गरेर सहयोग पठाएको हो।

हङकङमा सम्पर्क मञ्चका अध्यक्ष देवेन्द्र खापुङ, खगेन्द्र हाङ तिगेला, राजु तिगेला र नेपालमा प्रदीप थापाको नेतृत्वमा संकलन गरिएको सहयोग २० मंसिरमा खिनमायालाई हस्तान्तरण गरिएको छ।

रु.१० लाख ६७ हजार ५१को सहयोग रकम खिनमायालाई एबिसि टिभीको चर्चित कार्यकर्म एबिसी इन्द्रेणीमार्फत हस्तान्तरण गरिएको गायक तथा समाजसेवी प्रदीप थापाले बताए। बानेश्वरस्थित भेनस इन्टरनेसनल अस्पतालमा डायलासिस गरिरहेकी खिनमायाको केही दिनपछि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरिने भएको छ। उनकी आमा भीमकुमारी लिम्बुले खिनमायालाई मृगौला दिन लागेको बताएकी छिन्।





Comments

comments

Leave a Reply

15415