Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङबाट उदाएकी नवगायिका मनिका…

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ : हङकङलाई कर्मथलो बनाएर नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी नब गायिका हुन मनिका पाण्डे लिम्बू। संगीत भनेको सधाना हो, गायनकला भगवान सरस्वतीको सुन्दर बरदान हो र निरन्तर संगीतको साधनाले नै हरेक गायक गायिकालाई साङ्गीतिक क्षेत्रमा स्थापित बनाउंछ। जसको लागि मेहनत परिश्रम अनि लगनशीलताको आबश्यक पर्छ यसैको उदाहरण बनेकी छिन् नब गायिका मनिका पाण्डे लिम्बू।

भारतको दार्जिलिंगमा जन्मेर सानैदेखि गायनमा सोख राख्दै आएकी गायिका मनिका अहिले बिदेशी भूमि हङकङलाई कर्मभूमि बनाएर आफ्नो गायन यात्रा सुरु गरेकी छिन्।

….
[wds id=”2″]
….

मनिका सानो उमेर देखि नै गीत गाउनलाई खुब रुचि राख्थिन्। बाबा स्वर्गीय नेत्र बहादुर पाण्डे र आमा स्वर्गीय नैना कुमारी पाण्डेको कोखबाट दार्जिलिंगको जावाहार बस्तीमा जन्मिएकी मनिका पाण्डे लिम्बु हाल हङकङमा बसेर आफ्नो दैनिक कामसँगै गीत संगीतको क्षेत्रमा पनि निरन्तरता दिदै छिन्।

साथीभाईहरु र गीतकार तथा गायक पीएस लिम्बुको प्रेणणाबाट सांगीतिक यात्रा सुरु गरेकी गायिका मनिकाले बिद्यालय पढ्दा देखि नै विभिन्न स्टेज कार्यक्रमहरुमा गाउदै गायन कला क्षमता प्रदर्शन गर्दै गायन यात्रा सुरु गरेकी थिईन। साथीभाई आफन्तहरुको हौसला र साथ सहयोगबाट नै गीत संगीतमा आफ्नो भबिष्य खोज्दै फेरी साङ्गीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन् नब गायिका मनिकाले।

गीतकार तथा गायक पीएस लिम्बुको चर्चित एलबम ईच्छा-२ मा “तिमी खुसी छौ त के भो र” भन्ने गीतबाट चर्चा कमाएकी गायिका मनिकाको अब केहि समयपछि नै गीतकार तथा गायक पीएस लिम्बुको नै लेखनमा रहेको “आज कता कता तिम्रो यादहरूले सताई रहेछ” नेपाली सांगीतिक बजारमा आउन लागेको जानकारी मनिकाले दिइन्।

मिठो आवाजकी धनि मनिकाको भविष्यको लक्ष्य भनेको एक राम्रो गायिका बनेर नेपाली गीत संगीतलाई माया गर्ने अनि नेपाली संस्कृति र संगीतलाई जोगाई राख्ने हो।

संगीतलाई सरस्वतिको प्रसाद सम्झिने मनिकाले आफूमा भएको कलालाई सधै आफ्ना दर्शक श्रोताहरु माझ समर्पित गर्न भाग्यमानी ठान्छिन्।

गायिका मनिका पाण्डे लिम्बुलाई हाम्रोतर्फबाट पनि लाखौ लाख शुभकामना…!





Comments

comments

Leave a Reply

15417