नेपलिज धमाका साइप्रसमा प्रशान्त तामाङ आउंदै …


फाईल फोटोः गुगल

दोस्रो इन्डियन आइडल तथा चर्चित गायक , नायक प्रशान्त तामाङ पहिलो पल्ट साइप्रसमा आफ्नो प्रस्तुति देखाउन आउदैछन्।

नेपलिज धमाका २०१६ र समर ब्लास्ट २०१६ जस्ता सफल कार्यक्रममार्फत अहिलेका चर्चित गायक राजेशपायल राई, गायिका मौसमी गुरुङ र हाँस्य कलाकार विल्सनबिक्रम राईलाई साइप्रसवासी नेपालीहरुको माझ प्रस्तुत गरिसकेको साइप्रसको ब्रिटिश गुर्खा समूह र अकि गाइजले आउँदो २०१७ को ५ फरवरी आइतबार साइप्रसको लिमासोलमा नेपलिज धमाका २०१७ आयोजना गर्ने भएको छ।

साइप्रसमा आउने नेपालीहरुको संख्यामा पनि उल्लेखनीय रुपमा बृद्धि हुँदै गैरहेकोले आजकल साइप्रसमा नेपाली कार्यक्रमहरुको आयोजनामा वृद्धि भैरहेको छ तर आयोजनामा निक्कै कमीकमजोरीको गुनासो पनि त्यतिकै आइरहेकोले नेपलिज धमाका २०१७ लाई अघिल्लो कार्यक्रमभन्दा भब्य र व्यवस्थित गर्न लागि परेको आयोजक सदस्य सुरेश कुमार परियारले बताए।

….
….

पन्ध्र यूरो टिकट दर रहेको कार्यक्रमस्थलसम्म आउने –जाने व्यवस्थासहित डिनरको समेत व्यवस्था गरिएको उक्त कार्यक्रममा गायक तथा नायक प्रशान्त तामाङको बिशेष प्रस्तुति रहनेछ।

उनले आफ्ना चर्चित नेपाली तथा हिन्दी गीतहरु प्रस्तुत गर्नेछन्। इन्डियन आइडल भएपछि नेपालीहरुको माया पाएर विश्वका थुप्रै मुलुकमा आफ्नो प्रस्तुति देखाई सके पनि गायक तथा नायक प्रशान्त तामाङ साइप्रसमा भने पहिलो पल्ट आउदैछन्। साइप्रसमा आउन पाउँदा एकदमै खुशी लागेको बताउंदै इन्डियन आइडल -२ प्रशान्त तामाङले सम्पूर्ण साइप्रसवासी नेपालीहरुलाई कार्यक्रममा आएर कार्यक्रम सफल बनाईदिन अनुरोध गरेका छन्।

स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने कार्यक्रममा साइप्रसमा चर्चित डिजे तथा आयोजक कमिटिका एक सदस्य डिजे जेजेले सांगीतिक कार्यक्रम लगतै आफ्नो डिजे धुनमा दर्शकहरुलाई नचाउनेछन् । कार्यकमको आयोजना ब्रिटिश गुर्खा समूह र अकि गाइजलेले गर्दैछ भने नेपालबाट व्यवस्थापन सिल्भर इन्टरटेनमेन्टले गरेको छ।

“कार्यकमलाई भब्यरुपमा सम्पन्न गर्न हामी लागिपरेका छौ र यसको लागि कुनै कसर छाड्दैनौ” सदस्य डिजे जेजेले बताए।





Comments

comments

Leave a Reply

15457