Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

खेलाडी भन्छन् ‘पानी…पानी…’ पोखरा रंगशालामा छैन पानी…

खेलाडी भन्छन पानी…..पानी…पोखरा रंगशालामा छैन पानी
खुल्ला दिशा पिसाव मुक्त जिल्लाको रंगशालामा उपहास

केशव पाठक, पोखरा, ३ पुष ।
पोखरा रंगशाला देशको दोश्रो ठूलो शहर राजधानीको प्रमुख रंगशाला । ३ सय १५ रोपनीमा फैलिएको । रंगशालामा प्रायः जसो गतिविधि नभएको दिन नै हुँदैनन । मुख्य मैदान कहिले खाली देखिन्न । त्यसको अलवा रंगशाला भित्र रहेका मार्शल आर्ट, व्याडमिन्टनको कर्भड हल, लन टेनिस, आर्चरीको व्यवस्थित खेल मैदान, निर्माणाधिन कर्भडहल । निर्मार्णाधिन ह्याण्डबलको मैदान, फुटबल र अन्तराष्ट्रिय स्तरको क्रिकेट खेल मैदान । सवै चिज छ एउटा छैन त्यो हो पानी।

बस् यति भए पुग्यो खेलाडीलाई मात्र होइन आगन्तुकलाई समेत नभइ नहुने पानी नै हो । कुनै बेला पर्खाल समेत नभएर गाइचरणको रुपमा प्रख्यात पोखरा रंगशाला २०६१ सालमा नेपाल भूतपूर्व खेलाडी मंचको पहलमा पर्खाल निर्माण कार्य सम्पन्न भयो । मंचले पर्खाल निर्माणबाट जोगिएको रकमले १५ लाख खर्चेर पानीको व्यवस्था समेत गर्यो । तर सबै बेहाल भयो । जिल्ला खेलकुद कास्कीले लाखौ खर्चेर बनाएको कुरालाई संरक्षण गर्न सकेन । राष्ट्रिय खेलकुद परिषदले त्यही वोरिङ्गका लागि लाखौ खर्चेर १ लाख ५० हजार लिटरको ट्याकीं समेत बनायो। हस्तान्तरणको वर्ष दिन नवित्दै वोरिङ्गबाट निकालिएको पानी समेत बन्द भयो। बिजुलीको विल धेरै आउने भएपछि जिल्ला खेलकुद विकास समितिले वोरिङ्ग चलाउन छोड्यो । पानी स्वतः सुक्यो । अनि पोखरा रंगशाला काकाकुलको स्थितीमा फर्कियो । जनताबाट उठाएर बनाइएको वोरिङ्ग यति बेला मर्मतको पर्खाइमा छ।

२०६१ सालमा पर्खाल निर्माण समितीले १५ लाख खर्चेेर बनाएको वोरिङ्ग सुकेको अवस्थामा छ । “नेपाल खानेपानी संस्थानको खेलकुदमा दिएको पानीले पुग्दैन, संरचना धेरै छन पानी आवश्यक छ तर कहाँ बाट कसरी ल्याउने फ्याट्ट भन्ने अवस्था नै छैन” जिल्ला खेलकुद विकास समिती कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । पोखरामा १३ औ साग र अवको दुई वर्ष पछि ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना समेत गर्न पोखराले अवसर पाउने भएको छ । तर खेलकुदको राजधानीको रुपमा रहेको रंगशालामा एक–एक थोपा पानीका लागि खेलाडी तडपिनुको विकल्प छैन।

धेरै पानी आवश्यक पर्ने फुटबल मैदान, किक्रेट मैदान, आर्चरी, लनटेनीस, व्याडमिन्टन लगाएत अन्य महत्वपूर्ण संरचना बेहाल भएका छन्। लन टेनीसले मात्रै महिनामा १५ देखि २० हजारको पानी किन्छ भने फुटबल र क्रिकेटको अवस्था समेत त्यस्तै छ । सहारा क्लवले हरेक वर्ष आयोजना गर्ने आहा राराका लागि डेढ देखि २ लाखको पानी किन्ने गरेको कलवका अध्यक्ष विरभद्रले बताए । उता एन्फाको संरक्षणमा रहेको फुटवल मैदानका लागि एन्फा कास्कीले पनि उत्तिकै रकम खर्च गर्छ । तर पानी कहाँ बाट कस्ले र कसरी ल्याउने भन्ने कुरामा कसैको पनि जवाफ नै छैन । सबैको एउटै जवाफ छ त्यो खेलकुदले नै व्यवस्था गर्नु पर्छ।

….
[wds id=”2″]
….

तर यता जिल्ला खेलकुद विकास समिती कास्की अध्यक्ष यम गुरुङले पानी भन्दा पनि रंगशाला भित्रको सडक पिच गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको वताए । “धुलोले हैरान पारेको छ म अव फुटबल मैदानसम्म पुग्ने सडक पिच गराउन तिर लाग्छु” गुरुङ्गले भने । पानीको योजना आफूले दोश्रोमा राखेको उनको भनाई थियो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पानी पहिलो प्राथमिकता रहेको बताए । क्षेत्रिय खेलकुदले रंगशाला परिसरमा निर्माण सम्पन्न गर्न लागेको शौचालय पानी प्रयाप्त नहुँदासम्म वन्द गरिने उनले बताए । “हामी यस विषमा एकदमै संवेदनशील छौ” उनले भने “ नयाँ वोरिङ्ग गर्न १८ देखि २० लाख खर्च लाग्ने रहेछ, हामीले केही रकम र बाँकी लन टेनिस, फुटबल र क्रिकेट संघ संग सहयोग माग्ने सोच बनाएका छौ।”

राष्ट्रिय खेलकुदले निर्माण सम्पन्न गर्न लागेको शौचलाय अभावमा बन्द हुनु र रंगशालामा खेल हेर्ने दर्शक हरु खुल्ला शौचमा जानु भनेको पोखरा जस्तो विकसित नगरका लागि लाजमर्दो कुरा रहेको अधिकांशको भनाई छ । “कास्की खुल्ला दिशा पिसाव मुक्त क्षेत्र हो” “तर शुरक्षाका लागि खटिने प्रहरी र पुरुष दर्शकहरु ह्वार्र शौचका लागि रंगशालाको पर्खाल र सेती नदीको डिल तिर सोझिन्छन, महिलाहरुको लागि त झनै अप्ठ्यारो छ” खेल प्रेमी डिवी गुरुङ्ग भन्छन –“पानी र शौचालयको राम्रो प्रवन्ध नभएकोले महिलाहरु खेल हेर्न बाट समेत वञ्चित छन भने महिला खेलाडीलाई समेत एकदमै समस्या छ ।” “रंगशालाको पर्खाल तिर फर्केर पिसाव फेरेको देख्दा हामीलाई पोखरेली हुँ भन्न पनि लाज लाग्छ, ठूलो शहरका हामी मान्छे खोइ के भन्ने” फुटवल सिक्न आएका सुरज थापा भन्छन।

पोखरा रंगशालामा पानीको उचित व्यवस्था गर्न नसक्नु दोष कस्को भन्ने बारे जवाफ कसै संग छैन । ४ नं प्रदेशको केन्द्र पोखराको रंगशालाको यो वेहाल हुँदा समेत स्थानिय निकाय पोखरा उपमहानगर पालिका, खुल्ला दिशा मुक्तको वोर्ड टांस्ने जिल्ला विकास समिती कास्की, जिल्ला प्रशासन, क्षेत्रिय प्रशासन र खेलकुदको प्रमुख जिम्मेवारी निकाय क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद सवै मुख हेराहेरको स्थिती छ । “२० लाख नभएर रंगशालामा पानी नभएको हो त ?” त्यो पनि होइन भन्छन नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङ्ग “पोखरेली हरुको हृदय ठूलो छ हरेका निर्माण कार्यमा पोखरेलीहरुले एक जुट भएर सहयोग गरेका छन रकम ठूलो होइन खेलकुदको नेतृत्वको इच्छा शक्तिको कुरा हो ।” जनताकै सहयोग बाट पर्खाल निर्माण सम्पन्न भएको हो । तर जे जस्तो भए पनि यति बेला खेलाडी पानी पानी भन्दै रंगशाला चर्हादै छन भने जिल्ला खेलकुदले भाडामा दिएको क्यान्टीन बाट मंहगो मिनरल वाटर किनेर पानी पिउन र प्रयोग गर्न बाध्य छन्।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

15520