सहारा युकेको अध्यक्षमा मिन वहादुर

पोखरा, ३ पुष । सहारा युकेको अध्यक्षमा मिन वहादुर गुरुङ्ग (साइला) चयन भएका छन्। सहारा क्लव युकेको हालै सम्पन्न भेलाले मिन बहादुरसहित १८ सदस्यीय कार्य समिति चयन गरेको हो।

सहारा क्लवका सल्लाहकार रहेका महेश गुरुङको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमिती चयन गरेको हो। युकेमा बसेर कर्म थलो बनाउँदै आएका नेपालीहरुले सहारा युके गठन गरि पोखराको सहारा क्लवलाई सहयोग पुर्याउँदै आएका छन्। नव निर्वाचित कार्य समितिलाई जेष्ठ सम्मानित नागरिक ले. जसबहादुर गुरुङले खादा लगाएर सम्मान गरेका थिए।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कुमार गुरूङ, महासचिबमा कृष्ण गुरूङ र सचिबमा ओम गुरूङ, कोषाध्यक्षमा नारायण गुरूङ र सरद गुरूङ सहकोषाध्यक्षमा सहारा एफसिका अध्यक्ष ले. कुसाङ गुरूङ र सदस्यमा धनु थकाली, मनोज गुरूङ किशोर गुरूङ, नवल गुरूङ, सजिंब गुरूङ, योगेश गुरूङ, प्रकाश गुरूङ, मिलन गुरूङ, बाचस्पति रेग्मी, दीपक गुरूङ र टीका गुरूङ रहेका छन्।

नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष दिलिप गुरुङले सफलताको शुभकामना दिएका थिए । सन २००८ मा स्थापन भएको सहारा युकेको हरेक दुई वर्षमा निर्वाचन हुने गरेको छ। सहारा युकेको संस्थापकमा नविन गुरुङ्ग रहेका थिए।





Comments

comments

Leave a Reply

15518