Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ओलीको प्रशंसा गर्दै हमालको स्टाटस…

केही समययता अभिनेता राजेश हमाल आफ्ना कार्यक्रमबारे मात्र होइन, समयसान्दर्भिक विचारबारे केही बताउनुपर्यो भने सामाजिक सञ्जाल फेसबुक छानिहाल्छन्।

शुक्रबार पनि उनले फेसबुकको प्रयोग गरे र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको प्रशंसा गरे । ओलीसँगका दुई फोटो फेसबुकमा राख्दै हमालले लेखेका छन्, ‘कुनै पार्टी विशेषमा नलाग्नुको फाइदा राम्रो काम गर्नेको खुलेर प्रशंसा गर्न सकिँदो रहेछ। … शुभकामना।’

तर, फिल्मीजगतले यसलाई शुभकामनाका रूपमा मात्र बुझेको छैन । यस्तो किनभने पछिल्लो समय कलाकारहरू पार्टीमा प्रवेश गर्ने क्रम बढ्दो छ । के अब राजेश पनि त्यही बाटोमा छन् ? प्रश्न उठ्नु स्वाभाविक पनि हो।

तर, केही अघिसम्म कार्यक्रमहरूमा राजेश आफैँले आफू डेमोक्रेटिक भएको बताउँदै आएका थिए । त्यसैले यस्तो प्रश्न गर्नेहरूलाई ओलीसँगको फोटो राखेर राजेशले चकित बनाएका छन्।

जे होस्, शुक्रबार राजेशले राखेको फोटोमा शनिबार साँझसम्म चार हजार नौ सयभन्दा धेरैले लाइक गरेका छन्। कमेन्टमा कतिपयले त राजेशलाई पनि राजनीतिमा आउन सुझाब दिएका छन्। नयाँपत्रिका खबर छ।
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15824