Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

शिक्षिकाबारे अश्लील पर्चा बाँड्ने प्रिन्सिपल कारबाहीमा

भक्तपुर। आफ्नै स्कुलकी शिक्षिकाको इज्जतमाथि खेलवाड गर्ने प्रिन्सिपल कारबाहीमा परेका छन्।

भक्तपुरका प्रजिअ अनिलकुमार ठाकुरले सामुदायिक इंग्लिस स्कुल व्यासी–१० का तत्कालीन प्रिन्सिपल राजाराम बासुकलालाई दोषी ठहर गरी कारबाही गरिएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ।

पीडित महिला सिम्रन श्रेष्ठ (नाम परिवर्तन)ले १६ चैत २०६९ मै महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दरखास्त दिएकी थिइन्। तत्कालीन प्रिन्सिपल राजाराम बासुकलाले प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै महिलाको नाममा अश्लील पर्चा छरेका थिए।

अनुसन्धानपछि प्रहरीले आरोपीमाथिको पुष्टि हुने आधारमा सार्वजनिक अपराधको मुद्दा चलाएको थियो। आरोपितले पनि आफूमाथि लागेको अभियोग स्वीकार गरी आइन्दा अपराध नगर्ने भन्दै प्रजिअको अर्थन्यायिक इजलासमा माफी मागेका थिए। दोषी ठहरपछि प्रजिअ ठाकुरले कडा नसिहतसहित बासुकलालाई ७ हजार रुपैयाँ जरिवाना सुनाइएका छन्।





Comments

comments

1589