सुनिता थेबेको हावाले पनि म्युजिक भिडियो तथा एल्वम ‘हौसला’ सार्बजनिक

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम–
फक्स्टन, बेलायत। बेलायत, फक्स्टनको चेरिटनमा आइतवार गायिका सुनिता लिम्बु थेबेको हावाले पनि म्युजिक भिडियो तथा गीति एल्वम ‘हौसला’ सार्बजनिक भएको छ।

कार्यक्रममा प्रमुख अतिथि २ आरजीआरका गोर्खा मेजर डम्बर बहादुर शाही रहनु भएको थियो भने अतिथिहरुमा क्या. किशोर रोका, क्या. सेवन्त पुर्जा पुन, गायक तथा भूपू काउन्सिलर (सेपवे डिष्ट्रिक काउन्सिल) धन गुरुङ, ब्यापारी गोकर्ण चोङ्बाङ, गायक, तथा पुलिस अफिसर केन्टका बिजय बेघा, सेवारो कलाकार संघ युकेका अध्यक्ष काजीमान यक्सो, कि.या.चु. युकेका भूपू अध्यक्ष डम्बर सिङ्गक, विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिका अध्यक्ष तथा गीतकार, साहित्यकार विश्वासदिप तिगेला, गीतकार निर्मला परिवेश राई, गीतकार, अनलाईन साहित्य “कला साहित्य डटकम” का प्रधान सम्पादक तथा प्रवाशी नेपाली साहित्य समाजका भूपू अध्यक्ष सुरेन्द्र इङ्नाम रहनु भएको थियो।

क्या. काजीमान लिम्बु एमसीले कार्यक्रमको औपचारिक रुपमा स्वागत मन्तब्य दिएपछि एल्वम “हौसला” को बारेमा शुभकामना तथा मन्तब्य ब्यक्त गर्दै ‘लेखक तथा गीतकार मुकेश राईले यो हौसलामा आफ्नो पनि एउटा गीत “हृदयको पानाभरी” सुनिताको स्वरमा रेकर्ड गर्ने अवसर मिलेको बताउंदै भविष्यमा अझै प्रगतिको कामना ब्यक्त गर्नुभयो। सोही क्रममा बोल्दै संगीतकार तथा गायक क्या. हेम कुमार तामाङले भन्नुभयो “जिन्दगी कहिले दियो भई जल्छ” मा सङ्गीत भरेर गायिकालाई सहयोग गर्न सके के कस्तो छ भन्दै प्रतिकृया पाउने आशा गर्नुभयो। भूपू काउन्सिलर धन गरुङले पल्टनघरको विगत र वर्तमान स्थितिलाई नियाल्दै भन्नु भयो पहिले परिबेश फाल्टै थियो तर अहिले पल्टनघरमा सांगीतिक तथा साहित्यिक माहोल निकै कठिनले यहाँसम्म ल्याएको बताउंनु भयो। मेजर डम्बर शाहीले थप्नुभयो “मैले जागिरको दौडानमा २ आरजीआरमा मात्र सम्भवत साहित्यिक र सांगीतिक माहोल पाएं”।

गायक तथा अजम्बरी डटकमका सम्पादक भूमिराज राईले आफ्नै पल्टनको गायिका सुनिता दिदीको यस एल्बमलाई “अजम्बरी अडियो भिडियो क्रिएसन” ले मार्केटिङ गर्ने अवसर मिलेको साथै भविष्यमा पुन उहाँलाई सहयोग गर्ने प्रतिबद्घता गर्नुभयो। मन्तब्यकै क्रममा काजीमान यक्सो, डम्बर सिङगक र बिजय बेघाले उक्त एल्बम र भिडियोको बारेमा बोल्नु भएको थियो।

कार्यक्रमको अर्को चरणमा मेजर डम्बर शाहीको बाहुलीबाट एल्वमको म्युजिक भिडियो क्लिक गरेर सार्बजनिक गरेको थियो। उक्त म्युजिक भिडियो हेरेपछि उपस्थित सबैले सकारात्मक जानकारी ताली दिएर जनाएका थिए।

कार्यक्रमको अन्त्यमा गायिकाले एल्वमको विमोचन नेपालमा गरेपनि आफ्नै पल्टनबाट पनि पल्टनका सिनियर दाजुको हातबाट सार्बजनिक गर्ने मनसायले र म्युजिक भिडियोको बिमोचन गर्ने उद्देश्यले यस कार्यक्रम राखेको ब्यक्त गर्नुभयो। उपस्थित सबैलाई कार्यक्रमको लागि दिनुभएको समयको लागि आभार प्रकट गर्नुभयो। कार्यक्रमलाई कुशल गीतकार निलम आङ्बुहाङले सञ्चालन गर्नुभएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

161