Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यि नेपाली युवाले कश्मीरमा यसरी ज्यान गुमाए…


फाईल तस्वीरः फुलप्रसाद अर्मजाले लिएको सेल्फी। तस्बिर सौजन्यः गोविन्द अर्मजा

२ फागुन, म्याग्दी । भारत–पाकिस्तान सीमा क्षेत्रबाट म्याग्दी कुहुँ–१ पूर्णगाउँका फुलप्रसाद अर्मजाले बेलायतमा रहेका दाजु गोविन्दलाई टेलिफोनबाट बाख्लो हिमपात भइरहेको बताएको एक महिनाजति भयो। भारतीय सेनामा कार्यरत उनी पाकिस्तानी भूभागबाट भारतीय भूमिमा हुने आक्रमण रोक्न कश्मीरको माथिल्लो भेगमा खटिएका थिए।

उनले फोनमा दाजुलाई आतंकवादीसँगको लडाइँभन्दा पनि हिमपहिरो डरलाग्दो भएको बताएका थिए । हो रहेछ, उनको ज्यान हिमपहिरोले नै लियो।अत्यधिक हिमपातसँगै झरेको हिमपहिरोमा परेर ज्यान गुमाएका अर्मजाको शुक्रबार साँझ अन्त्येष्टि गरी परिवार घर फर्किएको खबर नागरिक दैनिकले छापेको छ।

भारत र पाकिस्तानले युद्धविराम गरेको कार्गिल आसपासको हिमाली क्षेत्रमा सुरक्षार्थ खटिएका अर्मजासहितको भारतीय सैनिकको टोली माघ १३ मा हिमपहिरोमा परेको थियो। अर्मजासहित नेपाली मूलका दार्जलिङका दुईजना गरी कम्तीमा १४ जना हिमपहिरोमा परेका थिए।

घाइते अवस्थामा भेटिएका अर्मजाको माघ २५ गते उपचारका क्रममा निधन भएपछि शुक्रबार अन्त्येष्टि गरिएको छ। ‘आतंकवादीसँग लड्न सजिलो छ, हिमपहिरोमबाट बच्न मुस्किल’, मृतक अर्मजाको अन्तिम टेलिफोन संवाद दाजु गोविन्दले सम्झे।

केही महिनाअगाडि पाकिस्तानी भूमिबाट भएको आक्रमण क्षेत्र आसपासमै खटिएका अर्मजाले मंसिरदेखि फागुन अन्तिमसम्म हिमपात भएका क्षेत्रमा जोगिन मुस्किल हुने परिवारलाई बताउने गरेका थिए। कश्मीरको जोखिमपूर्ण क्षेत्रमा नेपालीको उपस्थिति धेरै छ। अर्मजा कश्मीर क्षेत्रमा भारतीय सेनाले सुरु गरेको अपरेसनमा पनि सहभागी थिए।

हिमपहिरोमा परेका थप तीनजना नेपालीको अवस्थासमेत चिन्ताजनक छ। हिमपहिरोमा परेकाको वास्तविक विवरण बाहिर नआएकाले घाइते र मृतकको संख्या बढ्न सक्ने त्यहाँ खटिएका म्याग्दीका युवाले बताएका छन्। कश्मीरमा खटिएका सैनिक लेक लागेर, दुर्घटनामा परेर दैनिकजसो घाइते हुने गरेको त्यहाँ कार्यरत नेपालीको भनाइ छ।





Comments

comments

Leave a Reply

16214