Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युकेवासी हामी गोरखाहरू…!!!

लेखक

– सन्तोष थलङ (१५ फेब्रुरी २०१७)

बेलायती विभेदका बिरुद्ध संघर्ष गर्ने क्रममा बेलायती आवासीय अधिकार लिएर बस्न आरम्भ भएको आधिकारिक रुपमा सन २००९ बाट भएपनि केही त्यस अघिबाटै युकेमा बस्दै आएका छौं। अहिले युकेमा गोरखा समुदायका जनसंख्या दिनानुदिन वृद्धि भईरहेकोछ। तर हाम्रा बेलायत सरकारबाट लिनपर्ने सरसुबिधा र अधिकार लगायतका साझा बिषयहरु प्राप्त गर्न बाँकी नै छ।

त्यसैगरी अर्कोतर्फ, नेपालको बर्तमान संबिधानले ब्रिटिश गोरखाहरुका त्याग, बलिदान र राष्ट्रलाई पुर्याएको योगदानको उपेक्षा गर्दै आम गैर आवासीय नेपालीहरु कै बर्गमा व्याख्या गर्ने निन्दनीय गल्ति गरेको छ। यसलाई कुनै पनि मूल्य चुकाएर पनि संशोधन गर्नै पर्ने बाध्यकारी स्थिती सृजना भएको छ।

तर हामी विभिन्न चारित्रिक बर्गमा वर्गीकृत छौं:
• हामी एउटा वर्ग छौं, जसलाई नेपालबाट युके आएर खान बस्न पाएकोमा गर्ब छ। अरु कुरो सोच्न र बुझ्न आवश्यक ठान्दैनौं।
• त्यस्तै अर्को वर्ग छौं, कुनै पनि साझा काममा आफू सहभागी नबन्ने तर प्रतिफल मात्र चाहने। आफूले योगदान पुर्याउन पर्ने भए, बरु विरोधी नै बनिदिने, अनि अरुको लगानीबाट प्राप्त उपलब्धि पहिला – पहिला उपभोग गर्ने।
• त्यस्तै अर्को वर्ग छौं, आफू केही नगर्ने काम गर्नेको बिरोध मात्र गर्ने। जुन बिरोध र अवरोधले अन्तत; आफूलाई पनि नोक्सान नै हुन्छ । सुधारका लागि बिरोध नभएर, फगत बिरोधका लागि बिरोध गर्ने।
• त्यस्तै अर्को वर्ग छौं, साझा कामका लागि आफू पनि अग्रसर नहुने, कुनै जिम्मेवारी नलिने, अनि अरुको नेतृत्व र अरुको सह-अस्तित्व पनि नस्वीकार्ने । आफूले आफूलाई मात्र सर्वश्रेष्ठ ठान्ने । आफूले जे जति जानेकोछ, त्यो नै सवै हो भन्ठान्ने।
• अर्का थरि छौं, बेलायती हावा पानी, बेलायती राजनीतिले छोएकाहरु, जसले आफू नेपाली भएको नै भुलिसकेको अभिनय गर्दछौं। जसको शरीरमा नेपाली आमाको रगत संचार भैई रहेकोछ, र शरीरमा नेपाली माटोको गन्ध आईरहेको छ।
• एउटा वर्ग चाहिं, सामाजिक संघ संस्था खोलेर, राजनीति र ब्यापार गर्ने दुस्साहस गरिरहेका छौं। सोझा सिधा बृद्ध बृद्धा गोरखाहरुलाई मागिखाने भाँडाका रुपमा प्रयोग गर्ने घृणित काम गर्दछौं।
• त्यसैगरी अर्का तिर, नेपाली राष्ट्रिय राजनीति गर्ने र गर्न चाहने ठूलै जमात छौँ। तर नेपाली राजनिति गर्न नेपाली नागरिकता चाहिन्छ भन्ने हेक्का नै नभएको जस्तो। राजनीतिज्ञहरु त राष्ट्रियताका बिषयमा सचेत र दूरदर्शी हुन्छन, तर हामी त आफ्नो मात्र हैन भावी सन्ततिहरुका समेत नागरिकता नै गुम्ने स्थितिमा पनि मुकदर्शक बनेर तिनै पार्टीहरुका ईमान्दार कार्यकर्ता हुनमा गर्व गरिरहेका छौं। जुन दलका नेताहरु कै बदनियतबाटै हाम्रा नागरिकता खोस्ने षढयन्त्र भईरहेको छ।

त्यस कारण :
अब हामी सम्पूर्ण युकेवासी गोराखाहरुमा साझा मुद्धामा सामूहिक सहमतिमा आउने, सही कामको समर्थन र गलत कामको बिरोध गर्ने, परिपाटीको निर्माण हुन जरुरी छ। सबैले ब्यक्तिगत स्वार्थबाट माथि उठेर साझा र परिणाममूखी कामका लागि हातेमालो गर्दै एक आपसमा सह अस्तित्व स्वीकार्ने चरित्रको बिकाश गर्न अत्यावश्यक छ।

अब बेलायातबासी गोरखाहरुले दुईवटा आन्दोलनमा स्पष्टताका साथ लाग्नुको कुनै विकल्प छैन।
१. समान पेन्शनलगायत अन्य बेलायती विभेद अन्त्यका लागि गोरखा सत्याग्रह आन्दोलनमा ससक्त सहभागी बन्न पर्ने। र
२. नेपाली नागरिकता निरन्तरताका लागि, “ब्रिटिश गोरखा नेपाली नागरिकता अभियान समितिमा” आवद्ध हुन पर्ने।

हामी सबैलाई घटना क्रमहरुले र अनुभवहरुले सही मार्ग पैल्याउने सद्बुद्धि प्रदान गरोस्।

जय गोरखा !!!

(थलङ गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति (युके/ नेपाल) का प्रमुख संयोजक हुन्। सं.)





Comments

comments

Leave a Reply

16263