Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

निर्मात्री तथा नायिका रोमियन लिम्बुको नयाँ म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

बेलायतलाई कर्मथलो बनाउदै आएकी चलचित्र निर्मात्री तथा नायिका रोमियन लिम्बुले चलचित्र अर्कोजुनी, पण्डब, अजम्बरी साइनो लगायतका विभिन्न चलचित्रबाट एक दशक अगाडि आफ्नो फिल्मी यात्रा तय गरेकी हुन्।

उनले सन् २०१२ मा एकल निर्मात्रीको रुपमा चलचित्र नागबेली दर्शक सामु पस्केकी थिइन् भने गत वर्ष चलचित्र भूपू लाहुरेमा आफ्नो बेजोड अभिनयबाट सर्बत्र चर्चामा छिन्। फागुन १२ बाट छायाङ्गकन सुरु हुने एक नारीप्रधान चलचित्रको प्रमुख भूमिकामा समेत लिम्बु हालै अनुबन्धित भएकी छिन्।

रोमियनले हालै तीन म्युजिक भिडियोमा अभिनय गरेकोमा १ म्युजिक भिडियोमा आफै निर्देशन समेत गरेकी छिन्| लिम्बुको आफ्नै चेलीमाइती ब्यानरमा गत साता बेलायतको विभिन्न स्थानमा छायाङ्कन गरिएको ‘म कुन घुम्तिमा अल्झे…….’ बोलको म्युजिक भिडियो शुक्रबार हाईलाईट्स नेपालले युट्युव मार्फत सार्वजनिक गरेको छ।

प्रकृति थालंगको आवाजले सजिएको उक्त गीतलाई कन्चन थालंगले संगीत भरेका छन भने पूर्ण पाल्पालीको शब्द रहेको छ। उक्त म्युजिक भिडियोको निर्देशन र मोडेलिंङ्ग रोमियन लिम्बु तथा रितेश चाम्स स्वयंले गरेका हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

16265