परराष्ट्रमन्त्री डा.महतले भेटे युरोपियन कमिसनका अध्यक्ष जुकरलाई…

केजिन राई / बिरमान मगर
युरोपियन कमिशनको मुख्यालय सुमेन – ब्रसेल्स बेल्जियम, फेब्रुअरी १५ । युरोपियन कमिसनका अध्यक्ष जीन क्लाउड जुकरसँग बुधबार साँझ नेपाल सरकारका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलको युरोपियन कमिशनको मुख्यालय सुमेन ब्रसेल्समा वार्तालाप सम्पन्न भएकोछ।

परराष्ट्रमन्त्री डा. महतले सो भेटवार्ताको प्रारम्भ मै यूरोपियन यूनियनले नेपाल र नेपालीको उन्नती र प्रगती तथा बिकास प्रयासको निम्ति मानवीय र सामाजिक बिकास ,कृषि क्षेत्र र ब्यापार लगायत बिभिन्न क्षेत्रमा लगानी गरेको र गर्दै आएको सहयोगको लागि प्रशंसा गर्दै धन्यवाद ब्यक्त गरे।

सो भेटको अवसरमा आवास – भवन, पूर्वाधार निर्माण र सीप विकासको क्षेत्रमा सहायता बढाउन डा. महतले अध्यक्ष जुकरसँग आग्रह गरेका छन् । डा. महतले भूकम्पपछिको आवास पुनर्निर्माण तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा अनुदान सहयोगको अपेक्षा युरोपियन युनियनबाट नेपाल सरकारले राखेको बताए।

मन्त्री डा.महतले उठान गरेको बिषयहरू बारे युरोपियन कमिसनका अध्यक्ष जुकरले युरोपियन युनियनबाट नेपाललाई सहयोग जारी रहने प्रतिवद्धता जनाएका थिए। सो अबसरमा सहायता तथा समन्वय वृद्धिका लागि सम्भाब्य ति क्षेत्रहरूमा प्राथमिकताका साथ युरोपियन युनियनले विचार गर्ने बताए।

बार्ताको क्रममा यूरोपबासी नेपालीहरूको लागि महत्वपूर्ण र प्रतिक्षाको बिषय मन्त्री डा.महतले अध्यक्ष जुकरसँग राखेका थिए । परराष्ट्रमन्त्रीले उड्ययन सुरक्षामा नेपालले उल्लेख्य प्रगती गरेको बताउदै लामो समयदेखि नेपाली एयरलाइन्समाथि युरोपियन युनियनले लगाएको प्रतिवन्ध हटाउन अनुरोध गरेका थिए । प्रत्युत्तरमा कमिशन अध्यक्ष जुकरले तथ्यका आधारमा सकारात्मक ढंगले सो प्रतिवन्ध बारे हेरिने बताएका थिए।

परराष्ट्रमन्त्री डा.महतको नेत्रृत्वमा गएको सो प्रतिनिधिमण्डलमा बेल्जियम र बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापा ,मिनिष्टर काऊन्सिलर घऩश्याम भण्डारी, परराष्ट्र मन्त्रालय युरोप – अमेरिका महाशाखा प्रमुख भरत कुमार रेग्मी र प्रोटोकल महाशाखाका उप-निर्देशक, सहसचिब तेज बहादुर क्षेत्री सहभागी थिए।

लक्जेम्बर्गस्थित लक्जेम्बर्गका प्रधानमन्त्री जाभियर बेट्टेल बिदेशमन्त्री जिन आसेल्बोन ,बिकास र मानवीय बिकास मन्त्री रोमिन स्नेडरसँग छुट्टा – छुट्टै भेट्ने कार्यक्रम रहेको युरोपियन युनियनका लागि मिसन अफ नेपालले जनाएको छ।

मातस्बिरहरू :- केजिन राई / बिरमान मगर , युरोपियन कमिशनको मुख्यालय सुमेन, ब्रसेल्समा।





Comments

comments

Leave a Reply

16275