आज प्रजातन्त्र दिवस, पूर्वराजा ज्ञानेन्द्र शाहले के भने ?

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पहिलो सर्त उत्तरदायी नेतृत्व हुनुपर्ने बताएका छन् । कोमलको जन्मोत्सव मनाउन चितवन पुगेका शाहले ६७ औं प्रजातन्त्र दिवसको अवसरमा वक्तव्य जारी गरि आफ्नै आस्था र विश्वासको जगलाइ अँगाल्नुपर्ने उल्लेख गरेका छन्।

प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होइन मानवीय हक र हितको आधार स्तम्भ पनि हो प्रजातन्त्रमा राजनीतिक पद्धतीको अनेक रुप हु सक्छन् । तर जुनसुकै नामका प्रणाली भएपनि प्रजातन्त्रको पहिले सर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनपर्दछ । शाहले वक्तव्यमा भनेका छन्।

राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ । त्यसैले हाम्रो आफ्नै दर्शन, गौरभ, शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, जोगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो वक्तव्यमा भनिएको छ। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

16280