Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्तो छ – पृथ्बीराजमार्ग बस संचालक समितिको सहयोग सहारा एकेडेमीलाई


तस्वीरः सुदर्शन रञ्जित

दीननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा १६, चैत। पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीलाई दिगो रुपमा संचालन गर्न पृथ्बीराजमार्ग बस संचालक समितिले नयाँ ढंगले सहयोग गर्ने भएको छ।

समितिका अध्यक्ष ऐन कुमार साई सहितको समितिको पदाधिकारीको जम्वो टिमले बुधबार एकेडेमीको अवलोकन गर्दै एकेडीमीलाई दिगो रुपमा संचालन गर्न नयाँ ढंगले सहयोग गर्ने भएको समितिका महासचिव योगेन्द्र केसीले बताए । सहारा क्लव स्थापना भएको २०५५ साल देखि आफुहरुले क्लवलाई सहयोग गर्दै आउने क्रममा पछिल्लो तीन बर्ष देखि एक लाख ५० हजार बराबरको उत्कृष्ट पाँच विधामा पुरस्कार सहयोग गर्दै आएको अबस्थामा एकेडेमीलाइ समेत संचालन गर्न केहि सहयोग गर्ने समितिमा छलफल हुने भएको केसीले जनाए।

समितिमा आवद्ध वस पोखराबाट छुट्दा प्रति वस १० रुपैया क्लवलाई सहयोग प्राप्त हुदै आएको छ । आफूहरुले स्थापना कालदेखि क्लवलाई र पछिल्लो क्रममा आहा रारा गोल्ड कपलाई सहयोग गर्दै आउने एकेडेमीको बस्तु स्थिती बुझ्न पनि आफूहरुको टिम अवलोकन गर्न एकेडेमी पुगेको साईले बताए । उनले भने “ सहारा एकेडेमीलाई पनि अब हामीले केहि न केहि सहयोग गर्ने छौं, हामी समितिमा छलफल गर्नेछौं । ”

एकेडेमीमा पुगेका समितिका अध्यक्ष साई सहितको टिमलाई क्लवका अध्यक्ष विरभद्र आचार्य सहितको टिमलाई स्वागत तथा मायाको चिनो प्रदान गरिएको क्लवका बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापाले बताए । सहारा एकेडेमीको अक्षयकोष स्थापनाको लागि हालसम्म करिब एक करोड २५ लाख रुपैया संकलन भएको क्लवले जनाएको छ । क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण गराउदै आएको महासचिव केशवराज बरालले बताए।





Comments

comments

Leave a Reply

16995