Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वमा मिस नेवा २०१४ को तयारी

एचकेनेपाल डट कम संवाददाता –
धरान, ८ असोज। नेवारी संस्कृति उत्थान गर्ने उद्देश्यले ‘मिस नेवा पूर्वाञ्चल–२०१४’ गरिने भएको छ। वि फर चेन्ज नामक संस्थाले नेवारी युवतिहरुबीच व्युटि कन्टेस्ट गर्न लागेको जनाएको छ।

यस प्रतियोगिताको अडिसनको प्रारम्भ असोज २५ गतेबाट सुरु गरी ३१ गतेसम्म गरिने भएको हो। अडिसन इलाम, दमक, धनकुटा, गाइघाट, विराटनगर, धरान र काठमाडौंमा हुदै छ। प्रतियोगिताको फाइनल योमरी पुन्ही अर्थात मंसिर २० गते गरिने कार्यक्रमका संयोजक एवं वी फर चेन्जका अध्यक्ष सुवर्णमोहन पलिखेले बताए।

‘प्रतियोगिताले नेवारी संस्कृति र परम्परालाई उत्थान गर्न थप मद्दत गर्ने छ।’ उनले भने । पूर्वाञ्चलसँगै जनकपुर अञ्चलका केही जिल्लाहरुका नेवारी युवतिहरुलेसमेत मौका पाउने छन्। प्रतियोगितामा प्रतिस्पर्धा गर्नको लागि उमेरको हकमा १८ देखि २३ वर्षसम्म र उचाईको हकमा ५ फुट २ इन्चसम्मका युवतीहरु सहभागी बन्न पाउँने क्रिएटिभ डाइरेक्टर राजेन्द्र रिमालले बताए।

अडिसनबाट २५ जना युवतीहरुलाई अन्तिम फाइलन राउण्डसम्म पुर्याइने डाइरेक्टर रिमालले बताए। रस इन्टरटेनमेन्टले व्यवस्थापन गर्न लागेको कार्यक्रमका सहभागीहरुले र्यामवर्क, क्याटवर्कसँगै विभिन्न सामाजिक कार्यमा सहभागी गराउँदै फाइलन राउण्डमा भिडन्त गराइने छ। प्रतियोगितामा नेवारी भेषभूषासहित फाइलन राउण्डमा उतारिने कार्यक्रम रहेको आयोजक वि फर चेन्जका अध्यक्ष पलिखेले बताए।

प्रतियोगिताको फाइलन धरान ८ स्थित सभागृहमा हुने भएको छ भने कार्यक्रमको लागि झण्डै १० लाख रुपैया लागत अनुमान गरिएको छ।





Comments

comments

1717