Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धेरै नेपालीले विदेशको नागरिकता लिएको सरकारको अनुमान

काठमाडौं, १० असोज। विश्वका विभिन्न देशमा बसेका धेरै नेपालीले विदेशको नागरिकता लिएको सरकारको अनुमान छ। तर, नेपाली नागरिकता त्याग गर्नेको तथ्यांक भने चार वर्षमा तीन सय ६१ मात्र छ।

अर्को मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्यागको निवेदन दिनेको संख्या वर्षेनी बढ्दो छ। गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष ०६७र६८ मा ३२ जनाले नागरिकता परित्यागको निवेदन दिएका थिए।

०७८र०६९ मा एक सय १४, ०६९र७० मा ८६ र ०७०र७१ मा एक सय २९ जनाले नागरिकता त्यागका लागि निवदेन दिएका छन्। यो विभिन्न देशका नेपाली दूतावासमार्फत आएको निवेदनका मात्र तथ्यांक हो। अन्य मुलुकको नागरिकता लिइसकेका व्यक्तिले नेपाल आएर सीधै सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमा निवेदन दिन सक्ने भएकाले गृह मन्त्रालयसँग नागरिकता त्याग गर्नेको यकिन तथ्यांक नभएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

विदेशको नागरिकता लिन नेपाली नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने देशमा बस्ने नेपालीले मात्र नागरिकता त्यागको निवेदन दिन्छन्। दोहोरो नागरिकता लागू भएका देशमा बस्ने नेपालीले भने नेपालको नागरिकता त्याग गर्दैनन्।





Comments

comments

1729