Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धादिङबाट हराएका ताइवानी जोडी अझै भेटिएन

धादिङ, जिल्लाको उत्तरी रुवीभ्याली घुम्न आएका ताइवानी जोडी बेपत्ता छन् । एक महिनाअघि बेपत्ता भएका उनीहरु अझै फेला पर्न नसकेका हुन्।

फागुन २६ गतेदेखि ताइवानका १९ बर्षीया लिउ चेन चुन र लियाङ शेङ यु हराइरहेका छन्।

काठमाडौंको एसियान ट्रेकिङ प्रालिमार्फत सदरमुकाम हुँदै फागुन २५ गते आएका थिए।

२६ गतेदेखि भारी हिमपात भएको थियो।

‘लेकमा लागातार हिमपात भएकै दिन नजाउ भन्दाभन्दै हिडेका थिए । आफूहरुसँग नक्सा र जीपीएस उपकरण भएको भन्दै युवा जोडी ३ हजार ९ सय मिटर उचाइको पाङसाङ काटेर सोमदाङ हुँदै लामटाङ उकालिएका थिए ।’ त्यो जोडीलाई तीन दिन आफ्नै घरमा राखेका तिप्लिङ लवदुङका जोमसाइ घलेले बताएको अबर कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

17216