Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

देउवाले हतारमा राजीनामा नदेउ भनेपछि निधिले के गर्लान् …?

काठमाडौ,  कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई हतारमा राजीनामा नदिन सुझाएका छन्।

शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि देउवाले ‘हतार गरेर राजीनामा नदिनू, सरकारमै बसेर काम गर्नुपर्छ’ भनेको जानकारी निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा निधिले बोल्ने तयारी गरे पनि बिहान सभापति देउवासँगको १० मिनेटको छलफलपछि आफ्नो धारणा नै नराखेको देउवानिकट स्रोत बताउँछ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

अब के गर्छन् निधि ?
आफू प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा रहेका वेला राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीय विकासमन्त्री बनाएपछि वरीयतामा को अगाडि भन्नेमा विवाद देखिँदै आएको छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने वेलादेखि नै वरीयता विवाद सतहमा आएको हो। देउवानजिकका विश्वासपात्र निधिसँग आइजिपी नियुक्ति प्रकरणदेखि दूरी बढेको थियो । देउवा डिआइजी जयबहादुर चन्द र निधि डिआइजी नवराज सिलवालको पक्षमा रहे । तर, देउवाले जसरी पनि चन्दलाई आइजिपी बनाउन खोजेपछि सरकारले उनैलाई नियुक्ति गरेको थियो । तर, सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।

निधिले वरीयतालाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै राजीनामा दिने विषय बाहिर आएको तीन दिन बिते पनि उनले राजीनामा दिएका छैनन् । देउवाका विश्वासपात्र एवं प्रचण्ड नेतृत्वको सरकारका सूत्राधार निधि नै हुन् । फेरि देउवालाई प्रचण्डपछि प्रधानमन्त्री बन्न पनि निधिकै ठूलो साथ र सहयोग चाहिने भएपछि सभापति देउवा र निधि आपसी दूरी नबढाउने अवस्थामा पुगेका छन् । ‘सभापतिलाई बाइपास गरेर जाने कुरा छैन, मिलेर जाने भन्ने छ,’ निधिनिकट स्रोत भन्छ, ‘सभापतिले जे भन्नहुन्छ, त्यहीअनुसार अघि बढ्नेमा उहाँ हुनुहुन्छ।’

वरीयता विवादकै कारण ३ चैतयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । मन्त्रिपरिषद्को बैठक पुनः आइतबारलाई सारिएको छ । वरीयतामा आफूलाई प्रधानमन्त्रीपछि नराखिए निधिले मन्त्रिपरिषद् बैठकमा नजाने तयारी गरेको उनीनिकट स्रोत बताउँछ।

निधि नभए को ?
निधिले वरीयतालाई प्रतिष्ठाको विषय बनाएर राजीनामा दिइहाले देउवाले कसलाई अघि सार्छन् भन्ने विषय पनि उत्तिकै महत्वको छ । पछिल्लो समय देउवाले संविधान संशोधनका लागि प्रस्ताव तयार गर्ने जिम्मेवारी कृष्णप्रसाद सिटौलालाई दिएका छन् । सिटौला केही समयदेखि सक्रिय हुने तयारीमा रहँदै गर्दा देउवाको निधिसँग दूरी बढ्नुलाई अर्थपूर्ण रूपमा हेरिएको चर्चा कांग्रेसभित्र छ । केही समयअघि कांग्रेसको छलफलमा निधि र सिटौलाबीच संविधान संशोधन र तीनवटा चुनाव गर्ने विषयमा विवाद भएको थियो । सिटौलाले जुनसुकै हालतमा तीनवटा चुनाव गर्नुपर्ने बताए पनि संविधान संशोधन भएपछि मात्र चुनावको आधार तय हुने भन्दै निधिले पहिले संशोधन हुनुपर्ने बताएका थिए । १३ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका सिटौलाले सभापतिको दोस्रो चरणको चुनावमा देउवालाई साथ दिएका थिए । यतिखेर सिटौला देउवासँग पार्टीमा काम गर्ने भूमिकाको खोजीमा रहेको खबर नयाँ पत्रिकाले छापेको छ।





Comments

comments

Leave a Reply

17218