Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अलबिदा आरनोल ! हार्दिक श्रद्धाञ्जलि !

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, गत मार्च २९ तारिख हङकङ मकाउ जुहि ब्रीजमा भएको दुर्घटनामा परि मृत्यु भएका अरनोल (अनिल) गुरुङको शव नेपाल लगिएको छ।

स्याङ्जा जिल्ला हाल पोखरा बस्दै आएका २२ वर्षीय अनिलको हुङ्हामस्थित फिनरल हाउसमा अन्तिम श्रद्धाञ्जलि दिएर हङकङबाट बिदा गरिएको हो।

स्व. अनिलप्रति श्रद्धाञ्जलि व्यक्त गर्न तमु समाज हङकङका पदािधकारीहरुसहित अन्य नेपालीहरु त्यहाँ पुगेका थिए।

अनिलको शव लिएर उनका बुबा गम गुरुङ र आमा नेपाल गएका छन्। पारिवारिक श्रोतका अनुसार पोखरामा अनिलको गुरुङ परम्परा अनुसार अन्त्येष्टि गरिने छ।

सबै फोटो सौजन्यः तमु समाज हङकङ फेसबुक





Comments

comments

Leave a Reply

17228