पोखरामा पाँच दिवसीय प्रोफसनल हेयर एण्ड मेकअप वर्कसप सुरु


उमा आलेमगर

पोखरा, २७ चैत्त। गुरुङ ब्यूटि एकेडेमी प्रा.लि. को आयोजना तथा क््रयालोन प्रोफेसनल मेकअपको सहयोगमा ५ दिवसीय प्रोफसनल हेयर एण्ड मेकअप वर्कसप आइतवारदेखि पोखरामा सुरु भएको छ।

ब्यटिसियन महिलाहरुलाई व्यवसायिक बनाउन र अन्तर्राष्ट्रिय स्तरसम्मको मेकअप गर्न सक्ने बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।

गुरुङ ब्यूटि एकेडेमी प्रा.लि.को कार्यालयमा भएको वर्कसपमा विभिन्न ब्यूटि पार्लरका २५ जना ब्यूटिसियनहरुको सहभागीता रहेको छ। कार्यक्रमको गुरुङ ब्यूटि एकेडेमी प्रा.लि.का सञ्चालक तथा हेयर एण्ड मेकअप आर्टिस् चिनु गुरुङ तथा उहाँका असिस्टेण्ट दिलु गुरुङ र निरु बोहराले सहजिकरण गर्नु हुनेछ।

आजबाट सुरु भएको कार्यक्रम चैत्त ३१ गते सम्म चल्ने छ।





Comments

comments

Leave a Reply

17234