नेपथ्यसंगै छमछमी नाँचे पोखरेलीहरु….

उमेश पुन / एचकेनेपाल डट कम –

पोखरा, नेपालकै चर्चित व्याण्ड नेपथ्यले तीन बर्षपछि पोखरेली आँगनमा दर्शकलाई छमछमी नचाए।‘फेरि उठ्नेछ नेपाल’ नामक इभेण्टको दोश्रो संस्करण शनिबार वेलुका २ घण्टा पोखरा रंगशालामा भएको कार्यक्रममा भेडाको उन जस्तो, छेक्यो छेक्यो देउराली डाँडा, तालको पानी माछीले खानी, रेशम‘,जोगले हुन्छ भेट जस्तो आफ्नो लोक रक गीत प्रस्तुत गरेर व्याण्डका गायक अमृत गुरूङले पोखरेली संगीत प्रेमीहरूलाई छमछमी नचाए।

कार्यक्रममा २७ बर्षअघि गाएको गित लेकैमा भरी बैसमा फूले मायाको मुस्कानमा सम्झिदेउ गीत समेत गाउदै उनले नेपथ्य २५ बर्षमा पुगेको र सिलभर जुब्लिको सुरूवात पनि पोखराबाटै गर्न पाएकोमा आयोजकलाई धन्यबाद दिए।

प्रवेश शुल्क एक हजार रहेको कार्यक्रममा नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चित पप गायक अमृत गुरुङले ४ वटा नयाँ गीतसहित १४ वटा गीत प्रस्तुतः गरे।

कास्कीका ल्वाङघलेलको गौरी शंकर मनिलाल मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर आधारभूत विद्यालयको सहयोगार्थ उक्त कार्यक्रमबाट बचत भएको केही रकम विद्यालयलाई सहयोग गरिने आयोजक किरण गुरुङ र सोनाम गुरुङले बताए।

तस्वीरहरुः उमेश पुन / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

17236