Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आज तमु जातिको उभौली ट्होटें पर्व

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, २८ चैत्र। तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटें आज मगलवार। तमु धिं नेपालको आयोजनामा विगतदेखि पोखरामा सामूहिक रुपमा चैत्र र साउनको अन्तिम मंगलवारमा पोखरामा विविध साँस्कृतिक झाँकी र्यालीसहित विविध कार्यक्रम गरी मनाउदै आएको छ।

परापूर्वकालमा तमुहरुको आफ्नै गाँउबस्ती, राज्यको सुरक्षा एवं राज्यबाट बैरीहरु धपाउदै सुसभ्य राख्ने परम्परा सामाजिक साँस्कृतिक पर्वको रुपमा विकसित गरेको सँस्कृतिलाई तमु धिं नेपालले सामूहिक रुपमा २०५२ सालदेखि मनाउदै आएको हो।

चैत्र महिनाको उभौली ट्होटें पोखरा १७ तमु ह्युलाचोक पार्दी विरौटाबाट शुरु भई मुस्ताङचोक, एयरपोर्ट, नागढुंगा, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालमा समारोहमा परिणत हुने तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो।

मौलिक भेषभूषामा बाजागाजा झाँकीसहित ट्होटें र्याली सुरु हुनु अघि तमु ह्युला चोकमा प्रतिस्थापन गरिएको तमु तमुस्योको मुर्ति ट्होटें पर्वका प्रमुख अतिथि पूर्व मन्त्री, नकेपा माओवादी केन्द्रका नेता देवप्रसाद तमुले अनावरण गर्ने कार्यक्रम रहेको अध्यक्ष तमुले जानकारी दिनुभयो। तमु समुदायको पहिचान र पर्यटन प्रवद्र्धनका लागि योगदान पुर्याउन तमु धिं नेपालको रजत जयन्ती वर्ष २०६६ सालमा लथालिंग अवस्थामा रहेको विरौटाचोकलाई तमु ह्युलाचोक घोषणा गरी २०६७ मा तमु ह्युलाको स्तम्भ निर्माण गरी पुर्व मन्त्री तमुले नै उद्घाटन गर्नुभएको थियो । उक्त चोकमा निर्माण वाँकी रहेको तमु तमुस्योको मुर्ति निर्माणका लागि तमु धिं नेपालका तत्कालिन महासचिव रुद्रकुमारी तमु मैनाको संयोजकत्वमा निर्माण समिति गठन गरि कार्य अघि बढाइएको थियो भने गत वर्ष चैत्र २९ गते मुर्ति प्रतिस्थापन गरिए पनि अनावरण बाँकी नै रहेको तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो।

यसै विच ट्होटें पर्वको अवसरमा तमु सहयोग समिति पार्दीले सोमवार तमु ह्युलाचोक सरसफाई गरेको छ। उक्त चोकबाटै मंगलवार ट्होटें शुरु हुने भएपछि तमु धिं नेपालका सहकोषाध्यक्ष तथा तमु सहयोग समिति पार्दीका उपाध्यक्ष सुवेदार तुलबहादुर तमुको अगुवाईमा सरसफाई गरिएको हो।





Comments

comments

Leave a Reply

17248