Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिस नेपाल २०१७ को कलेज एक्टिभेशन धरान र इटहरीमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, हिडेन ट्रेजरको आयोजनामा हरेक बर्ष आयोजना हुँदै आएको मिस नेपालको नयाँ संस्करणको लागि उत्कृष्ट प्रतियोगीहरु खोज्दै बिभिन्न शहरहरुमा अडिसन लिने क्रममा चैत्र २९ गते धरानको होटल नवयुगमा अडिसन राखिएको छ।

अडिसन अघि आइतबार इटहरीको नमुना कलेज र कस्तुरी एकेडेमी र सोमबार धरानको धरान मोडल कलेज र धरान सिटी कलेजमा मिस नेपालको अफिसियल कोरियोग्राफर रचना गुरुङ शर्माले सहायक कोरियोग्राफर तथा जेरी अभिनेत्री अमालिया शर्मा र मिस पूर्वाञ्चल फर्स्ट रनर अप इक्सा मादेन सहितकोटिमसंग मिस नेपालमा किन भिड्ने र केका लागि भिड्ने भन्ने बारेमा जानकारी दिंदै यसको महत्वको बारेमा बताएका थिए। साथै विद्यार्थीहरुको जिज्ञासाको उत्तर दिंदै शर्माले मिस नेपालमा भिडेर ६ हफ्ताको लामो प्रशिक्षणबाट सबैजना आफ्नो समाजको मिस नेपाल बन्न सक्ने बताइन्।

धरानको कलेजमा मिस्टर एंड मिस फेसिनो प्रतियोगिता समेत आयोजना गरिएको थियो । जस अन्तर्गत यामाहा फेसिनो स्कुटीमा बसेर फोटो खिच्ने हरेक कलेजका प्रतियोगीहरु मध्ये दुइजनालाई यामाहा फेसिनो स्कुटीको खरिदमा ५० हजार छुटको व्यवस्था गरिएको छ।





Comments

comments

Leave a Reply

17246