Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

देउवाले भनेपछि… निधि तेश्रो वरीयतामा बस्न राजी

काठमाडौं, २८ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीपछिको दोस्रो वरीयता आफूले पाउनुपर्ने अडानबाट पछि हटेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि निधि अर्का उपप्रधानमन्त्री कमल थापापछिको वरीयतामा बस्न राजी भएका हुन्।

देउवाले निर्वाचनको संघारमा विवाद गर्नु जायज नहुने र कार्यकर्ता तथा मतदातामा समेत नकारात्मक सन्देश जाने भन्दै राप्रपा अध्यक्ष कमल थापापछिको वरीयता स्वीकार गर्न निधिलाई निर्देशन दिएका थिए। सो निर्देशनपछि निधिले वरीयता विवादको विषयमा लचिलो हुने संकेत दिएका हुन् । योसँगै आज सोमबार का लागि डाकिएको मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना बढेको खबर राजधानी दैनिकले छापेको छ।

सभापति देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले निधिलाई बोलाएर सरकारमा दोस्रो वरीयतामा को रहने भन्ने विषयमा पहिले नै सहमति भइसकेको र अब त्यसमा विवाद गर्नु जायज नहुने भन्दै अडान नलिन निधिलाई आग्रह गरेका थिए । सो क्रममा देउवाले निधिलाई वरीयताको विवादमा राजीनामा नदिनसमेत आग्रह गर्दै स्थानीय तहको निर्वाचनअघि हतारमा राजीनामा गर्नुले संविधान संशोधन र चुनावी प्रक्रियामै समस्या आउन सक्ने भन्दै रोकेका हुन्।

उनका अनुसार दोस्रो वरीयतामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालाई नै राख्ने सहमतिअनुसार सरकारमा भित्र्याइएको र त्यसैका कारण पनि विवाद गर्नु उचित नहुने देउवाले बताएका थिए । त्यसक्रममा देउवाले निधिलाई वर्तमान सरकार निर्वाचन गराउनकै लागि प्रमुख दल कांग्रेससहितको समर्थनमा निर्माण भएको र निर्वाचनपछिको सहमतिलाई पनि निरन्तरता दिनुपर्ने भएकाले बखेडामा अल्झन नहुने बताएका थिए। त्यसपछि मात्र निधि दोस्रो वरीयताको अडानबाट पछि हटेका हुन्।





Comments

comments

Leave a Reply

17244