Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कता गए राहदानी लिएका पाँच लाख नेपाली महिला…?

रोजगारीका लागि कुवेत पुगेकी बर्दिया, सानोश्रीकी जानकी चौधरी (नाम परिवर्तन) सम्पर्कबिहिन भएको तीन वर्ष भइसक्यो। कुवेत जान भनेर २०७० चैत २० गते घर छाडेकी चौधरीले एक पटक कुवेतबाट फोन गरेवाहेक त्यसयता कुनै सम्पर्क नगरेको परिवारको भनाई छ।

‘लामो समयसम्म सम्पर्क नभएपछि खोजिका लागि जिल्ला प्रहरी तथा विभिन्न उद्धार गर्ने संघ संस्थामा निवेदन दिएका थियौ,’ जानकीकी आमाले भनिन्,‘ यतिखेर सुरूमा छोरीले दिएको नम्बरमा फोन गर्दा सम्पर्क हुँदैन। पठाउने व्यक्तिको खोजी गर्दा फेला पर्दैनन्।’

वैदेशिक रोजगारीमा गएर कमाइ गर्ने र घर परिवारलाई सुखी पार्ने मनसायका साथ विदेशिएका महिला सम्पर्कबिहिन हुने घटना जानकीको एक्लो होइन। भर्भराउँदै उमेरकी जानकी सम्पर्कबिहिन हुँदाको पीडा जस्तै नेपालका लाखौ महिला सम्पर्कबिहिन हुँदा त्यसको प्रत्यक्ष मार परिवार, समाज र सिंगो देशलाई पर्छ। यसबारे सरकारी नियकाले उपयुक्त उपाय निकाल्न सकेको छैन। आर्थिक वर्ष २०६३/६४ यता सात लाख ६९ हजार ५ सय ४२ महिलाले राहदानी लिएका छन्। जसमध्ये एक लाख ६९ हजार ८ सय ५९ मात्र वैधानिक तरिकाले वैदेशिक रोजगारीमा गएका छन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

17252