सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरान, धरानस्थित होटल नवयुगमा आयोजित मिस नेपाल २०१७ को अडिसनमा धरान र झापाबाट गरी १२ जना युवतीहरु सहभागी भए।
हिडेन ट्रेजरको आयोजनामा हरेक बर्ष आयोजना हुँदै आएको मिस नेपालको नयाँ संस्करणको लागि उत्कृष्ट प्रतियोगीहरु खोज्दै बिभिन्न शहरहरुमा अडिसन लिने क्रममा धरानमा लिएको अडिसनबाट अघिल्लो बर्ष पनि टप टेनमा पुग्न सफल अनिता कार्कीलाई काठमाडौं लगेएकी मिस नेपालको अफिसियल कोरियोग्राफर तथा ट्रेनर रचना गुरुङ शर्माले यो बर्ष के – कति जना लाने हो त्यो भने काठमाडौं पुगेर युवतीहरुलाई काठमाडौं बोलाएपछि मात्र थाहा हुनेछ।
५.४ इन्च अग्ली र प्लस २ पासको योग्यता चाहिने मिस नेपालको बिराटनगर अडिसन बिहिबार बिराटनगर स्थित होटल नमस्कारमा हुनेछ।
अडिसन अघि बिहान धरान उच्च मा बि र डिपोट आदर्श उच्च माबिका बिद्यार्थीहरुसंग मिस नेपालबारे जानकारी दिएकी थिइन्।


