मोना पोर्चुगलको नयाँ वर्ष भलिवल प्रतियोगिता सम्पन्न, बाग्लुङ समाज पहिलो

वाई वी तमु

लिस्वन्, १० अप्रिल। नयाँ वर्ष २०७४ को अवसर पारेर मोना पोर्चुगलले राजधानी लिस्वनमा आयोजना गरेको पुरुष तथा महिला भलिवल प्रतियोगितामा बाग्लुङ समाज पोर्चुगल र मगर समाज पोर्चुगल पहिलो भएका छन्।

राजधानी लिस्वनस्थित स्थानिय खेल मैदानमा सम्पन्न भ्एको उक्त पुरुष तथा महिला भलिवल प्रतियोगितामा पुरुष तर्फ मोना पोर्चुगल बाग्लुङ समाज, बुर्तिबाङ र जलजला पर्वत, मगर समाज, नाङ्लिवाङ पर्वत र जम्वुजेरा पोर्तुगल गरी सात टिमले सहभागी जनाएका थिए।

राति अबेरसम्म चलेको उक्त उक्त खेलको फाइनल खेल बाग्लुङ समाज र बुर्तिवाङ बिच राति अवेरसम्म भएको थियो।

यी दुई प्रतियोगी टिमबिच निक्कै रोमान्चकारी खेल पुरै पाँच सेटमा पुरा गरी बाग्लुङ समाज मोना नयाँ वर्ष टुर्नामेन्ट खेलको उपाधि जित्न सफल भएको छ भने दोस्रो बुर्तिवाङ टिम भएको छ।

मोना पोर्चुगलका संस्थापक अध्य्क्ष तथा संरक्षक मान पुर्जा , वर्तमान मोना पोर्चुगलका अध्य्क्ष कुमार राम्जालि, एन आर एन पोर्चुगलका अध्यक्ष भिम केसी कमल तथा एनआरएन पोर्चुगलका पूर्व आई सि सि सदस्य पुर्ण हमालद्वारा संयुक्त रुपमा बिजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।

बेस्ट प्लेयर पुरुषतर्फ रोशन गुरुङ र महिला तर्फ शर्मिला पुन मगर घोषित भए भने कुबिर मल्ल तथा राष्ट्रिय रेफ्री नारायण काजी थापा रहेका थिए।

महिलातर्फ कुल ६ टिम सहभागी भएको खेलमा मगर समाज पहिलो र मोना पोर्चुगल दोस्रो भए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17297