Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड २०१६ र २०१७ को घोषणा

देशभरका बि.टेक. खाद्य प्रबिधिमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक बर्ष प्रदान गरिने ” गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड ” सन २०१६ का लागि त्रिभुवन विश्वबिद्यालयबाट पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी सापु श्रेष्ठ र पूर्वाञ्चल विश्वबिद्यालयबाट क्याफोडाट कलेज काठमाडौंका कन्चन सिटौलालाई प्रदान गरिने भएको छ।

सन २०१७ का लागि पूर्वाञ्चल विश्वबिधालयबाट क्याफोडाट कलेज काठमाडौंकी अनु अर्याललाई प्रदान गरिने जानकारी गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति ट्रस्टका उपाध्यक्ष तथा खाध बैज्ञानिक हरिहर गुरागाईले जानकारी दिएका छन्।

सन २०१७ को त्रिभुवन बिश्वबिद्यालयको एवार्ड छिट्टै घोषणा गरिने र यि सबै एवार्डहरु अर्को महिना काठमाडौंमा एक बिशेष समारोहबीच प्रदान गरिने छ। ट्रस्टका अध्यक्ष हिक्मत थापाका अनुसार गत ५ बर्षदेखि दिईदै आएको यो पुरस्कारले नेपालका विश्वबिद्यालयमा खाध प्रविधिमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन मिलिरहेको विश्वास गरिएको छ।





Comments

comments

Leave a Reply

17308