कोलोराडोमा देखाइयो दर्पण छायाँ – २

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-

कोलोराडो, अमेरिका। नेपाली कथानक चलचित्र दर्पणछायाँ २ को कोलोराडोमा सफलताका साथ प्रदर्शन सम्पन्न भएको छ।

चलचित्रकी नायिका साहारा कार्की बसोबास गर्ने स्टेट कोलोराडोको वेस्टमिनीस्टरस्थित एएमसी हलमा प्रदर्शन गरिएको चलचित्र हेर्न ठूलो संख्यामा नेपाली, नेपाली भाषी भुटानी तथा भारतीय नागरिकहरुको उपस्थिति रहेको थियो।

नवनायिका साहारालाई हौसला दिन बरिष्ठ गायिका मीरा राणा, पूर्व मिसनेपाल ईशानी श्रेष्ठ, नायक नवराज श्रेष्ठ, स्थानीय कलाकार, साहित्यकार, ब्यबसायी, संघसंस्थाका पदाधिकारी, पत्रकारहरुको जमघट रहेको थियो।

चलचित्र प्रदर्शन सुरु हुनु आगाडि पूर्व मिसनेपाल ईशानी श्रेष्ठसंगै मंचमा पुगेकी नायिका साहारालाई गायिका मीरा राणाले खादा लगाई सम्मान गरेकी थिईन्। कार्यक्रममा ईशानी श्रेष्ठ र मीरा राणाले नायिका कार्कीलाई बधाई दिदै, उज्वल भबिष्यको शुभकामना दिएका थिए भने साहाराले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिएकी थिईन्।

त्यसैगरी सोही समारोहमा निर्माताद्वय रबी कार्की र साबु गदाल कार्कीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै आफूहरुद्वारा निर्मित चलचित्र दर्पण छाया २ हेर्न उत्साहका साथ यति धेरै जमघट भएको देख्दा अमेरिका मै नेपाली चलचित्र बनाउं भन्ने जोस पलाएको बताएका थिए।

बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित, प्रेमकथामा आधारित चलचित्रको नायकमा पुष्पल खड्का रहेका छन् । आधुनिकतासंगै संगीतका साधनहरु हराउदै गएको र सर्जकहरु पनि बिर्सदै गएको हुनाले साधनको संरक्षण र सर्जकहरुको सम्मान गरौ भन्ने फिल्ममा सन्देश दिन खोजिएको छ।

यो पनि हेर्नुहोस् , दर्पण छायाँ – २ को गीत रेकर्डिङ





Comments

comments

Leave a Reply

17561