Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘जब म दुःखको घडीमा थिएँ…’ – नायिका स्वेता खड्का

मनोज थापा

काठमाडौं, जापानको चर्चित ब्राण्ड पाइतेनको नेपालमा विक्रि शोरुम सञ्चालनमा आएको छ।

बौद्धमा रहेको उक्त शोरुमको नेपालका लागि जापनीज राजदूत मासासी ओगाआ र नायिका स्वेता खड्काले रिवन काटेर उद्घाटन गरेका थिए।

जापानीज प्रोडक्ट पाइतेनको शोरुम उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै नेपालका लागि जापनीज राजदूत मासासी ओगाआले पाइतेनको उत्पादनहरु स्वस्थ्यका लागि उपयोगी भएको हुँदा यसबाट नेपालीहरुले फाइदा लिनसक्ने विश्वास व्यक्त गरे । सोहि कार्यक्रममा बोल्दै नायिका स्वेता खड्काले भनिन् ‘जब म दुःखको घडीमा थिएँ । त्यतिबेला मैले ‘पाइतेन’ प्रोडक्टकै सामाग्रीहरु प्रयोग गरेको थिए । यसबाट आफूलाई धेरै नै उपयोगी सिद्ध भएको बताइन्।

पाइतेनको नेपालका लागि आधिकारिक विक्रेता एन.एम.सि. युनिर्भसल प्रा.लिका प्रबन्ध निर्देशक ग्याल्जेन लामाले पाइतेन कम्पनिका उत्पादनहरु नेपालीका लागि एकदम उपयोगी रहेको बताए। हाम्रो स्वास्थ्यलाई ध्यानमा राखेर प्रविधिको प्रयोग गरेर उत्पादन गरिएको उनले जानकारी दिए। हामीलाई आवश्यक पर्ने विभिन्न वडी केयर, हेयर केयर, रिङ, ब्रास्लेट लगायतका वस्तुको उत्पादन गरिरहेको छ । यसले हाम्रो शरिरलाई सजिलो महशुस हुनुका साथै फाइदा पनि गर्दछ । सबै उत्पादनहरु प्रविधिको प्रयोग गरेर उत्पादन गरिएको उनले जानकारी दिए।

उनले थपे पूर्णरुपमा हाम्रो स्वास्थ्यलाई हानि नहुने धातुको प्रयोग गरिएको छ । मेटाक्स, टिटान, गोल्ड, सिल्भर, पाल्लाडियम, प्लाटिनम जस्ता धातुको प्रयोग गरिएकोले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा हुन्छ । पाइलट, कलाकार, जेष्ठ नागरिक तथा आम मानिसहरुलाई यो उपयोगी छ।
‘पाइतेन’ कम्पनीका सामाग्रीहरुले ‘ब्रासलेट, नेकलेस’ प्रवधियुक्त कपडा, लगायतका विभिन्न प्रोडक्ट उक्त शोरुममा पाइनेछ।





Comments

comments

Leave a Reply

17565