प्रहरीले चाल्यो कडा कदम, चुनावअघि गुन्डाहरु धमाधम पक्राउ..

केही दिनयता प्रहरीले विशेष अप्रेसन नै चलाई गुन्डाहरूलाई पक्राउ गर्न थालेको छ।

बुधबार मात्र चक्रपथ क्षेत्रमा गुन्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी गुन्डा नाइके चक्रे मिलनका भाइ हुन्। महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो। त्यस्तै, अपराध महाशाखाले ललितपुरबाट निरु लामा र नीरज महर्जन ‘छुचुन्द्रो’लाई पक्राउ गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। महाराजगन्जका राकेश महर्जन पनि बुधबार पक्राउ परेका छन्।

मंगलबार प्रहरीले ललितपुरकै राजु बोगटी र पनित गुरुङलाई पक्राउ गरिसकेको छ। महाशाखाले मंगलबार नै भक्तपुरमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतम र श्याम मोक्तानलाई पनि पक्राउ गरेको छ। उनीहरू अपहरण मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन्। पक्राउ परेका सबैलाई प्रहरीले केही सार्वजनिक अपराध मुद्दामा कारबाही थालेको छ। उनीहरूलाई चुनावसम्म थुनामै राखिने प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

17568