छोटो समयमै चर्चित बन्दै- सोलुकी मोडल कला राई …

सुर्य चन्द

काठमाडौँ: छोटो समयमा नै चलचित्र तथा संचार जगतमा सबैको प्रिय तथा चर्चित बन्न सफल नाम हो कला राई।

मोडलिङ सुरु गरेको केहि महिनामा भित् रनै आधा दर्जन म्युजिक भिडियो तथा उनको पहिले चलचित्र मुर्चुङ्गाको छायांकन सकिदा नसकिदै उनलाई अहिले धेरै चलचित्र तथा म्युजिक भिडियोबाट प्रस्ताब आउने गरेको छ। यसर्थ उनलाई भाग्यमानी मोडल तथा नायिकाको रुपमा पनि लिन सकिन्छ।

दैनिक सयौ युवा युवतीहरु चलचित्र तथा मोडलिङलाई आफ्नो पेशा बनाउन तथा आफ्नो सोख पुरा गर्न मोडलिङ पेशामा आबद्ध हुदै गएका छन्। नेपालीहरुको राजधानी शहर काठमाडौँ, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन त्यसै सपनासंग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो।

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान्। नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ। त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नवमोडल तथा नायिका कला राई अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन् र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन्।

नृत्य र अभिनयमा पोख्त कला राई सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन् चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनि प्रतिको आकर्षण हो। हेर्दा लाग्छ उनी कुनै चर्चित सुपर स्टार नायिका हुन्। उनी मेहनतका साथ अभिनय कलालाई अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन्।

पूर्वको सोलुखुम्बु जिल्लाको देउसा गाउपालिकामा जन्मेर काठमाडौँलाई कर्मथलो बनाउदै आएकी कला हेर्दा पनि आकर्षित छिन्। सधै हाँसि रहने शालीन स्वभाबकी मोडल तथा नायिका कला राई छोटो समयमानै चर्चा कमाउन सफल नायिकामा पर्छिन्। सानै उमेरदेखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने कला अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राखेकी छिन्। कला भन्छिन् अब यसै क्षेत्रमा चलचित्र तथा मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु। उनी भन्छिन्- मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो।

एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफू अगाडी बढेको पनि उनी बताउछिन्। मोडलिङ क्षेत्रमा भएको कुरीति र कुसंस्कारलाई चिर्दै ब्यबसायिक मोडललाई अगाडी बढाउने उनको सोच छ।

चलचित्र मुर्चुङ्गाबाट धेरै आशाबादी रहेकी कलालाई अहिले धेरै चलचित्रबाट प्रस्ताब आउने गरेको भएपनि उत्कृष्ट कथा बस्तुलाई छानेर मात्र अन्य चलचित्रमा अभिनय गर्ने उनी बताउछिन्। परिवारको सहयोग र साथमा चलचित्र तथा मोडलिङ क्षेत्रमा अगाडि बढेकी कला राईलाई हाम्रोतर्फबाट पनि अग्रिम शुभकामना!





Comments

comments

Leave a Reply

17574