Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सन फ्रान्सिस्कोमा २५८० औं बुद्ध जयन्ती मनाइयो – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सन फ्रान्सिस्कोमा २५८० औं बुद्ध जयन्ती मनाइयो

सन फ्रान्सिस्को, २४ वैशाख । अमेरिका र नेपालमा समाजसेवी संस्थाका रुपमा सुपरिचित मदरल्याण्ड नेपालले महामानव भगवान गौतम बुद्धको २५८० औं जयन्ती गत शनिबार भव्य रुपमा मनायो।

प्रवचन, ध्यान र नाचगानका साथ सन फ्रान्सिस्को बे एरिया क्षेत्रका नेपाली वासिन्दाहरुको उपस्थितिमा मनाइएको बुद्धजयन्ती कार्यक्रमको संयोजन सो क्षेत्रका लागि नेपालका पूर्व पर्यटनदूत अनिल पाण्डेले गर्नु भएको थियो।

कार्यक्रममा लुम्बिनी विश्वबिद्यालयबाट आउनु भएका प्राध्यापक चूडामणी शास्त्रीको प्रवचन विशेष आकर्षणको विषय रहेको थियो । प्राध्यापक शास्त्रीले आजको तनाब र प्रतिस्प्रद्धाको युगमा बुध्दले देखाएको बाटो मात्र दीर्घकालिक शान्ति र समृद्धिको राजमार्ग हो भन्नुभयो। अमेरिकामा रहेका सहभागीहरुले प्रवचनप्रति धेरै आकर्षण देखाएका थिए।

योगी पूर्णानन्दबाट विपश्यना ध्यान गराइएको सो कार्यक्रममा सो क्षेत्रका समाजसेवी ईश्वर मास्के, गोविन्द शाही, मीरा शाही, महेन्द्रमणि दीक्षित, श्याम श्रेष्ठ, र मदरल्याण्ड नेपाल का बोर्ड अफ डिरेक्टर तारा खरेलले पनि बुद्धको प्रतिमा खादा चढाई महामानवप्रति श्रद्धा प्रकट गर्नु भएको थियो।

कार्यक्रमको आनन्द उठाउन हास्य कलाकार देविराम पराजुली (भोके) लगायतको उपस्थिति थियो । टाढाटाढादेखि आएका बुद्धभक्तहरु बुद्ध सम्बन्धी भजन नाचगानमा रमाइलो मानेर सरिक भएका थिए । निरन इट्नि ( सङ्गीत)हर्मोनियम मा साथ दिनेरत्तु लामा तबलामा साथ दिनु भएको थियो।

अन्तमा, युवा सहभागीको प्रतिनिधित्व गर्दै मनसुन पाण्डेले बिज्ञान र र्इस्वर बिचको सम्बन्ध माथि प्रकाश पार्नुभएको थियो । पाण्डेको बौद्धिक विश्लेषण युद्ध भाषणलाई सबैले सराहना गरेका थिए।





Comments

comments

Leave a Reply

17604