Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बेलायतमा यसरी मनाइयो बुद्धजयन्ती… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा यसरी मनाइयो बुद्धजयन्ती…

लण्डन, बुद्ध जयन्तीको अवसरमा साउथईस्ट रेजिनल तमुधिं लण्डन शान्ति पदयात्रा सम्पन्न भएको छ।

पूर्व निर्धारित समयमा वुलविच, लण्डनस्थित मुलग्रेभ प्राईमरी स्कुलको प्राङ्गनबाट वुलविच मार्केट हुँदै प्लमस्टिड हाईस्ट्रिट त्यसपछि पुनः मुलग्रेभ प्राईमरी स्कुलसम्म लण्डनवासी नेपालीहरूले शान्ति पदयात्रा र्याली सम्पन्न गरे।

प्रत्येक वर्ष आयोजना गरिने शान्ति पदयात्राको तेश्रो श्रृङ्खलाका संयोजक संस्थाका विशेष सल्लाहकार सुमलकुमार गुरुङ अनुसार कार्यक्रम संस्थाका अध्यक्ष, श्रीचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने यस कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदी थिए।

प्हिलो चरणको कार्यक्रम संस्थाका उपाध्यक्ष सुमन गु्रुङले सञ्चालन गरेका थिए तथा दोश्रो चरणको कार्यक्रम समाजका सल्लाहकार योगेश गुरुङले सञ्चालन गरेका थिए। यस शान्ति पदयात्रा कार्यक्रममा एक हजार भन्दा बढीको सहभागिता रहेको थियो।

बुद्ध दर्शनको महत्व र बुद्ध नेपालमा जन्मेका थिए भन्ने सन्देश फैलाउने अभिप्रायले सम्पन्न यस कार्यक्रम पश्चात बुद्ध भगवानको पूजा अनि बुद्ध प्रवचन सम्पन्न गरिएको थियो।

खिन्पो छेवाङ लामाको टिमद्वारा मन्त्रोच्चर प्रारम्भ गरे लगत्तै प्रमुख अतिथि लगायत विभिन्न संघ संस्थाबाट सहभागिता जनाएका सबै अतिथिहरूले द्वीप प्रज्वलन गरेका थिए।

संयोजक सुमलकुमार गुरुङको सुरक्षा तथा पदयात्राबारे छोटो सम्बोधन सम्पन्न भएपछि राजदूत डा. दुर्गाबहादुर सुवेदीले. नेपालको झण्डा फहराउँदै शान्ति पदयात्रा शुरु गरेका थिए । राजदूतको अगुवाईमा साढे दुई घण्टाको पदयात्रापछि पूजा प्रवचन सम्पन्न भएको थियो । नेपाली राजदूतले पहिलोचोटी नेपाली लण्डनवासीहरूसंग सहभागिता जनाएर यसरी शान्ति पदयात्रा गरेका थिए।

यस कार्य क्रममा जलपान र निःशुल्क भोजन व्यवस्थमा संस्थाले गरेको थियो । शन्ति पदयात्रा पश्चात प्रमख अतिथिको सारगर्भित मन्तव्य, संयोजक गुरुङले कार्यक्रमको औचित्य बारे सम्बोधन भए पश्चात अध्यक्षको मन्तव्यपछि औपचारिक कार्यक्रम समापन गरिएको थियो।





Comments

comments

Leave a Reply

17606