Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फेसबुकमा गलत विवरण राखेपछि आयोगले माग्यो स्पष्टीकरण…

आचारसंहिताविपरीत फेसबुकमा स्टाटस राखेको भन्दै निर्वाचन आयोगले माओवादी केन्द्रकी सचेतक सीता नेपालीलाई स्पष्टीकरण सोधेको छ।

नेपालीले आयोग प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकमा अहिलेसम्म निर्विरोध सदस्य भन्ने बेहोरामा माओवादी केन्द्र–१४५, कांग्रेस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको भन्दै २४ घन्टाभित्र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको खबर नयाँ पत्रिकाले छापेको छ।

त्यसैगरी, निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिकाका एमाले अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्ष उम्मेदवारलाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै २४ घन्टाभित्र पेस गर्न भन्दै स्पष्टीकरण सोधेको छ।

आयोगको निर्णयमा भनिएको छ, ‘२५ वैशाखमा तीन ट्रक प्रचारकसहितको स्कारपियो गाडी, ब्यानर एवं दल र निर्वाचन चिन्हसहितको टि–सर्ट निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ विपरीत मोटरसाइकल र्यालीसमेत निकाली निर्वाचन प्रचार–प्रसार गरेकाले हदैसम्मको कारबाही किन नगर्ने ? पत्र प्राप्त भएको २४ घन्टाभित्र आयोगमा स्पष्टीकरण पेस गर्न आदेशनुसार अनुरोध छ।’





Comments

comments

Leave a Reply

17610